बेलुवा / नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीका टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा कमिटीका अध्यक्ष सहित १ दर्जन भन्दा बढी कार्यकर्ता रेशम चाैधरिकाे पार्टी भनेर चिनिने नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पाइएको छ ।
साे कुराकाे पर्दाफास मंगलबार टिकापुर ७ बेलुवामा नागरिक उन्मुक्ति पार्टीमा नवप्रवेशि कार्यकर्तालाई सपथ ग्रहण खुवाए पछि भएको हो । सपथ ग्रहण गर्नेमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका वडा नम्बर सातका अध्यक्ष सहित १ दर्जन कार्यकर्ता रहेका थिए ।
वडा कमिटी अध्यक्ष राजकुमार चाैधरि, टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कैलाशपति चाैधरि, भाेसुराम चाैधरि र यमलाल रेग्मीले नागरिक उन्मुक्तिमा प्रवेश सहित सपथ ग्रहण गरेको विशेष स्रोतले जानकार गराएको हो ।
वडा कमिटी अध्यक्ष राजकुमार चाैधरि, वडा सदस्यहरु कैलाशपति, भाेसुराम र यमलाल रेग्मीले नागरिक उन्मुक्ति पार्टीको जिल्ला सदस्यकाे सपथ ग्रहण गरेकाे बताइएको छ ।
माओवादी पार्टी छाडेर तपाईंले नागरिक उन्मुक्ति पार्टी किन प्रवेश गरेको भन्ने प्रश्नमा माओवादी छाडेर नागरिक उन्मुक्ति प्रवेश गरेका राजकुमार चाैधरिले भने : सदियाैं देखि पछि पारिएको उत्पिडनमा परेको वर्ग ,क्षेत्र ,लिंग र समुदायको उत्थानका लागि अन्य दलले केही नगरेकोले नागरिक उन्मुक्ति पार्टी राेजेकाे चाैधरिले बताए ।
अहिलेसम्म अन्य पार्टीले आदिवासी ,जनजाति ,दलित, महिला ,पछि परेको क्षेत्रका जनताको मत लिएर उनिहरुकाे विकासका लागि नसाेचेर आफ्नो र कार्यकर्ता मात्रै माेटाउने गरेको देखिएकोले नागरिक उन्मुक्ति राेजेकाे उनलेे बताए । पछिल्लो समयमा टिकापुरमा नागरिक उन्मुक्ति पार्टीमा जनताको लहर देखिएकोले आगामी चुनावमा साे दलको बहुमत आउने दावी समेत गरे ।
नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुले माओवादी पार्टी लगायत अन्य दलबाट पनि सैयाैं कार्यकर्ता नागरिक उन्मुक्तिमा गाेलबन्द हुने क्रममा रहेको बताए ।