धनगढी / कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीले सहकारी संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ५ बुँदे ध्यानाकर्षण सहित भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।
सहकारी अभियानको तर्फबाट हालको तरलताको अवस्था तथा वित्तिय बजारको बिद्यमान अवस्था लाई मध्यनजर गर्दै व्याजदर पुनरावलोकनको लागि पटक पटक लिखित तथा मौखिक जानकारी गराइएको भएपनि सम्बन्धित निकायबाट साे विषयमा सुनुवाई नभई समग्र सहकारी अभियानमा असर परेको भन्दै देशभरका सहकारी सम्बद्ध विभिन्न संस्थाले दबाव दिइरहेको अवस्थामा कैलालीबाट जिल्लाभरका सहकारी संस्थाका व्यावस्थापकको संस्था कोअपरेटिभ म्यानेजर्स क्लबले प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत् माननिय मन्त्रिलाई ज्ञापन पत्र पठाएको क्लबका अध्यक्ष छबिलाल जैशीले बताए ।
क्लबका अध्यक्ष छबिलाल जैशी, महासचिव रुद्र खनाल, सदस्य टीकाराम जोशी लगायत धनगढीमा उपलब्ध पदाधिकारीले प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापन पत्र बुझाएका हुन ।
प्रजिअ थापाले सहकारीकर्मीले दिएको ज्ञापनपत्र तत्कालै मन्त्रालयमा पठाउने प्रतिवद्धता जनाइएको छ ।