लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर एअरपोर्ट छिट्टै सञ्चालन हुन्छ : मन्त्री आले

टीकापुर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले टीकापुर एअरपोर्ट छिटोभन्दा छिटो सञ्चालनमा आउने बताएका छन्।
टीकापुर स्थित एअरपोर्टको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा एअरपोर्टका लागि रु २ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

मन्त्री आलेले टीकापुर एअरपोर्ट सञ्चालनमा ल्याएरै छाड्ने बताए। ‘विमानस्थल अध्ययन समितिले सर्वे गरेको छ। अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ। त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ।’
‘पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ। यहाँ धेरै सम्भावना छन्। ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौं,’ मन्त्री आलेले भने, ‘विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफैं चलायमान हुन्छ।’ मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि १ अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए।

धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै, नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैंकसँग समन्वय भइरहेको र त्यसका लागि ६५ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए।


प्रकाशित : २०७८ फाल्गुन १३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप