कालाकुण्डा / सिमा बाट ३ जना युवालाई प्रतिबन्धित लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ ।
भारतिय क्षेत्र बाट नेपाल आउने क्रममा टिकापुर ७ कालाकुण्डा नजिकैको घाट बाट आइतबार साँझ ५ बजे तीन युवा समातिएको जानकारी प्राप्त भएको छ ।
पक्राउ पर्नेहरुमा टिकापुर नगरपालिका वडा नम्बर ५ का वर्ष २४ का साजन चाैधरि , साेहि वडा बस्ने वर्ष १८ का विकास पुनमगर र टिकापुर ६ बस्ने वर्ष १८ काे विशाल चाैधरि रहेको जानकारी प्राप्त भएको छ । प्रतिबन्धित लागु औषध सहित तिनै जनालाई साँझ ५ बजे समातिएको हो ।
उनिहरुकाे साथ बाट नाइट्राेभेट १ सय ३० ट्याब्लेट र गाँजा ५ ग्राम ज्याकेटकाे दाहिने पकेटमा लुकाएर राखिएको अवस्थामा भेटाइएकाे प्रहरीले बताएको छ ।
यसैगरी विशाल चाैधरिले मलद्वारमा प्लास्टिक भित्र लागू औषध खैरो हेराेइन लुकाएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
विशेष सुचनाकाे आधारमा प्रहरि चाैकि कालाकुण्डा र विओपि कालाकुण्डाकाे संयुक्त टाेलिले पक्राउ गरेको बताइएको छ । प्रहरीले साे क्षेत्र बाट हप्तामा तिनचार जना लागू अाैषध काराेबारि या प्रयोगकर्ता पक्राउ गरेको तथ्यांक रहेता पनि करिब १ महिना पछि मात्र साे क्षेत्र बाट लागू अाैषध प्रयोगकर्ता पक्राउ गरेको हो ।