लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

संगतले मात्रै होइन आमाबुबाको गलत व्यवहारले पनि बिग्रन् सक्छन बालबालिका

माेहित श्रीपाइली / हरेक आमाबुबाले कल्पन्छन्, आफ्ना बालबच्चाको सुन्दर भविष्यमा । उनीहरु चाहन्छन्, छोराछोरी असल होस् , स्वस्थ होस्, पढोस् , ज्ञानी होस् ,सभ्य होस् ,यसैले उनीहरु बच्चाको भविष्य लाई लिएर सँधै चिन्तित हुन्छन् । अभिभावककाे चिन्ता जायज पनि हो तर, उनीहरु बच्चालाई कसरी राम्रो वातावरणमा हुर्काउने भन्ने बारेमा चैं सोच्दैनन् ।
हाम्रो नेपाली समाजमा जब कुनै बच्चा पढाईमा कमजोर हुन्छन, बदमाश हुन्छन वा कुलतमा फस्छन् धेरैजसो आमाबुबाले यसको दोष साथी संगतलाई दिन्छन् । तर, यो साथीसंगतको कारणले मात्रै कुनै पनि बच्चा बिग्रँदैनन् । धेरैजसो अवस्थामा आमाबुबाको खराब र कडा व्यवहार पनि बच्चा बिग्रने कारण बन्न सक्छ ।
जसरी ५ वर्ष सम्मको उमेरमा बच्चालाई आफ्नो आमाबुबाको भरपुर साथ नमिल्नाले उनीहरु अटिजमको शिकार हुन्छन् । यसैगरि ‘हेलिकप्टर प्यारेन्टिङ’ अर्थात आमाबुबाको कडा व्यवहारले बच्चालाई सुधार्नुको सट्टा उनीहरुलाई बिगार्ने काम गर्छन् ।
यसको नतिजा स्वरुप अभिभावकले बच्चाको नराम्रो वचन र गलत बानी व्यवहारलाई झेल्नुपर्छ । जब आमाबुबाले आफ्नो बच्चासँग कडा रुपमा प्रस्तुत भएर किन, के जस्ता प्रश्न सोध्छन् तब बच्चा हडबडाउँछन् हुन्छन् त्यस्तै उनीहरु झूटो बोल्ने बोल्न पनि बाध्य हुन्छन् ।
आमाबुबालाई लाग्न सक्छ बच्चासँग कडा रुपमा प्रस्तुत भएर उनीहरलाई हरेक कुरामा नियन्त्रण गरेर उनीहरुले आफ्नो उनको गलत बानी सुधारिहरेका छन् तर खासमा यस्तो हुँदैन ।
हामी केही यस्ता टिप्स बताउन गइरहेका छौं जसले आमाबुबालाई आफ्नो बच्चासँग कस्तो व्यवहार गर्ने भनेर जानकारी दिन्छ । यी टिप्स अपनाउनाले बच्चा असल मानिस हुनसक्छन् ।

बच्चालाई कहिल्यै पिट्ने वा गाली गर्ने नगर्नुहोस् –  बच्चालाई गाली गर्ने र पिट्ने काम उनीहरुलाई गलत तरिकाले व्यवहार गरेको प्रमाण हो ।जब बच्चाले कुनै पनि काम गर्छन् उनीहरु आफ्नो बुद्धिविवेक अनुसार गर्छन् ।
बच्चाले गलत काम गरेमा वा गलत निर्णय गरेमा बच्चालाई पिट्नुको सट्टा उनीहरुलाई सहि र गलत बीचको फरक सम्झाउनुहोस् ।  बच्चालाई पिट्नाले उनीहरुको मस्तिस्कमा नराम्रो असर पर्छ र उनीहरु अर्को पटक गल्ती भएमा झुटो बोल्न सक्छन् । यसैले हरेक आमाबुबाले आफ्नो यस्तो बानि बदल्नु पर्छ ।

पहिले आफैलाई सम्झिनुहोस र फेरि बच्चालाई – आमाबुबाले बच्चालाई हरेक कुरा थोपर्नु गलत बानी हो । बच्चाबाट राम्रो संस्कार वा उनीहरुसँग कुने पनि खालको आशा गर्नुभन्दा पहिले आफ्नो नराम्रो बानीलाई परिवर्तन गर्नु जरुरी छ । यसैले जुन चीज तपाईं आफ्नो बच्चाबाट चाहनुहुन्छ पहिले तपाई त्यसलाई आँफै गरेर देखाउने कोसिस गर्नुहोस् ।
किनभने बच्चाले त्यहि गर्छन् जो आफ्नो वरिपरि देख्छन् । यसको लागि पुस्तकको साथमा केही समय बिताउने, राती अबेरसम्म टिभी नहेर्ने, सामानलाई सहि स्थानमा, राख्ने बच्चाको अघि कहिल्यै पनि झगडा नगर्ने जस्ता केहि राम्रो बानीलाई आफैमा विकसित गर्नुपर्छ । तपाईंको यस्तो परिवर्तनले साँच्चै नै काम गर्छ ।
बच्चासँग साथीजस्तो बन्नुहोस् – कैयौं मानिसमा यदि उनीहरु आफ्नो बच्चासँग खुल्लाभएमा बच्चा बिगि्रन्छन भन्ने मानसिकता हुन्छ तर, यस्ता मानिस खुल्ला भएमा पनि बच्चा तपाईंसँग साथी जसरी सबैकुरा बताउँदैनन् भन्ने बुझ्दैनन् । फेरि तपाई उनीहरुलाई जुन सल्लाह दिनुहुन्छ त्यसलाई साँच्चै अपनाउने छन् भन्ने पनि हुँदैन ।
बच्चालाई चौबिसै घन्टा नजर राख्नको सट्टा यदि तपाई बच्चा सँगसाथी जस्तो व्यवहार गर्नुहुन्छ भने त्यसले धेरै फाइदा गर्छ । आजभोजी शहरका धेरैजसो आमाबुबा कार्यालयमा जाने हुनाले बच्चासँग औसतमा केही घन्टामात्रै गुजार्न पाउँछन् जुन बच्चाको सहि विकासको लागि पर्याप्त हुँदैन ।
बच्चाको लागि केही विशेष गर्नुहोस् – बच्चा त्यहि गर्छन् जुन उनीहरुले सानैदेखि आफ्नो आमाबुबाले गर्दै आएको देखेका हुन्छन् । अर्थात बच्चाको लागि उनीहरुको आमाबुबा नै रोलमोडल हुन्छन् ।
आमाबुबालाई हरेक समय झगडा गरेको देख्नु, उनीहरुको बीचमा मनमुटाव हुनु र बच्चालाई पिट्ने आमाबुबाको सँग भएका बच्चा पछि झगडालु बन्न सक्छन् घरमा हुने तनाव, झगडाको असर बच्चामा सबैभन्दा धेरै पर्छ ।
बच्चा समय अघि नै वयस्क भएमा उनीहरुको सोच, उनीहरुको मानसिक स्तर, शैक्षिक र शारीरिक परिपक्वताको कारण उनीहरु कुरालाई आधा र अधुरो ढंगले बुझ्छन् । यी सबैले उनीहरुमा नकरात्मक असर पर्छ ।
यसैले यदि तपाई आफ्नो बच्चामा अनुशासन, सहयोग, परोपकार र विनम्रता जस्ता गुण विकसित होस् भन्ने चाहनुहुन्छ भने यसको लागि उनीहरुलाई बारम्बार उपदेश दिनु व्यर्थ छ । यस्तो गरेमा दिक्क मान्छन् । सँधै यहि कुरा त भन्ने हो भनेर उनीहरु आफ्नो आमाबुबाको चेतावनीलाई गम्भिरतापूर्वक सोच्ने कोसिस नै गर्दैन ।


प्रकाशित : २०७८ फाल्गुन ३० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप