लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरमा भलिबल प्रतियोगिता हुँदै

टिकापुर / सिर्जनशील युवा समाज नेपालको गुडिमुन्टे समुहको आयोजनामा यस क्षेत्रकै सबैभन्दा सर्वाधिक धनराशीको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आउदो चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा गुडिमुन्टे समुहले गतवर्ष देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
त्यसैको निरन्तरता स्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताए । “हामिले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको संक्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएकोले समय सार्नुपरेको हो ।” संयोजक विकले भने, “अब कार्यक्रमको तयारी सुरु गरेका छौँ । हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौं ।”
उनले खेलकुद सँग पर्यटन क्षेत्रपनि जोडिएको भएका कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि खेलकुद प्रतियोगिताले भुमिका खेल्ने बताए । “लामो समय टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् । मेयर उपमेयर कप भएपनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन ।” कार्यक्रम संयोजक विकले भने, “हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहन्छौं । बर्षौसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौं र त्यसलाई निरन्तरता दिइरहेका छौं ।”
गतवर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु गरेको प्रतियोगिताको दोस्रो संस्करण देखि प्रथम पुरस्कार बढाएर १ लाख ५१ हजार एक रुपैयाँ बनाइएको बताइएको छ । साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान हुने टिमले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छ ।
खेलमा तेस्रो स्थान हुने टिमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना हुने टिमले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा टिम सहभागी हुन ७ हजार प्रवेश शुल्क लाग्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने बताइएको छ ।
उनले खेलकुद प्रतियोगिता आयोजना गर्नको लागि ६ लाख ६० हजार रुपैयाँको अनुमानित खर्च आकलन गरिएको बताउँदै त्यसकालागि खेलप्रेमी लाई सहयोगको लागि समेत आग्रह गरेका छन् ।
भलिबल प्रतियोगितासँगै समुदायमा भैरहेका कुरिती कुसंस्कार लगाएत जनचेतनामूलक साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । टीकापुरमा लामो समयदेखि मनोरञ्जनका कार्यक्रम नभएको बताउँदै गुडिमुन्टे समुहका संयोजक राजेन्द्र विश्वकर्माले प्रतियोगिता सँगै विभिन्न कलाकारको प्रस्तुत समेत रहने बताए । “हामी कलाकार पनि भएकोले साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेका हौं । त्यसले कार्यक्रममा सहभागीलाई थप मनोरञ्जन प्रदान गर्ने छ ।” समुहका संयोजक विश्वकर्माले भने, “कार्यक्रम केहीफरक होस् भन्ने हाम्रो चाहना हो ।”


प्रकाशित : २०७८ चैत्र १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!