लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

क्रिकेटका प्रशिक्षक जगत सम्मानित

विनय कुश्मि, काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका हुन् ।

लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।
टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यू १९ कपमा नेपाल उपविजेता बन्दै यू १९ एसिया कप र यू १९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो । त्यही वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउँदै नेपाललाई यू १९ विश्वकपमा पुर्‍याएका थिए ।
२०१२ मा नेपालले यू १९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए । टमाटाकै प्रशिक्षणमा सन् २०१५ को यू १९ विश्वकप छनोटमा नेपाल विजेता बन्दै बंगलादेशमा भएको २०१६ यू १९ विश्वकपमा छनोट भएको थियो । युवा विश्वकपको त्यो संस्करणमा नेपाल पहिलो पटक क्वाटरफाइनल पुगेको थियो ।
उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । जिम्बाब्वेमा आयोजित विश्वकप २०१८ छनोटमा नेपाल आठौं स्थान हासिल गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको लायक बन्दा टमाटा नै प्रशिक्षक थिए ।
दुई पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट प्रशिक्षक सम्मान जितिसकेका टमाटा पूरा दशकभरि नेपाली खेलकुदलाई सफलताको बाटोमा डोर्‍याए बापत मंगलबार दशकको उत्कृष्ट प्रशिक्षक पुरस्कारबाट सम्मानित भए । सम्मानसँगै उनले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।


प्रकाशित : २०७८ चैत्र ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!