मञ्जु वि.क. सत्ति / रेशम चौधरीको दल भनेर चिनिने नागरिक उन्मुक्ति पार्टी दर्ताको छोटो समयमै टीकापुरका जनता माझ विशेष प्रभाव पारेको देखिन्छ ।
उसो त रेशम चौधरी नेतृत्वको पार्टी भएका कारण पनि धेरैको आकर्षण त्यस तर्फ देखिएको जानकारहरू बत्ताउँछन् ।
२०७२ साल भदौको घटना भएको स्थल भएको हुनाले पनि यहाँ यो पार्टीको विशेष प्रभाव र महत्व रहेको देखिन्छ ।
अन्य दलहरुकोे कार्यशैली र रेशम चौधरी थारु सुमदायको हुनुका साथै प्रतिभावान व्यक्तित्व भएको हुनाले पनि वर्तमान अवस्थामा नागरिक उन्मुक्ति पार्टी टीकापुरमा बलियो रहेको आंकलन गरिएको छ । टीकापुर घटनामा दोषी ठहर भई हाल कारागारमा रहेका चौधरी अन्यायमा परेको भन्दै रिहाइको माग गरिरहेको थारु समुदायको सहानुभूति भोट सो पार्टीमा जान सक्ने भएकोले बलियो हुने जानकारहरुको भनाई छ । यस्तै गत निर्वाचनमा टीकापुर क्षेत्रमा रेशम चौधरीका लागी खसेको मत परिणामलाई आधार मान्य हो भने आगामी निर्वाचनमा टीकापुर, जोशीपुर, जानकी, भजनी, कैलारी र बर्दगोरियामा सो पार्टी बलियो हुन सक्ने पत्रकार गणेश चौधरीको भनाई छ । तर पार्टी मात्र नभई उम्मेदवारको समेत प्रभाव पर्ने पनि उनको धारणा छ ।
अन्य दलले टीकापुर नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो नगलाई सकेको अवस्थामा सो पार्टीले भने टिकापुरमा चुनाव लड्ने मेयर र उपमेयरको उम्मेदवार समेत चयन गरेर प्रचारप्रसारमा गाउँ टाेलबस्ती पुगीसकेको सो पार्टीका केन्द्रिय सदस्य तथा मेयरका उम्मेद्वार रामलाल डगौरा थारुले दावी गरे ।
गाउँमा सभा सम्मेलन गर्न जाँदा स्वतः स्फुर्तरुपमा पार्टी प्रवेशको लहर चलेको थारुले बताए । टीकापुर ९ झुंगामा शुक्रबार भएको एक भेलामा टीकापुरका विभिन्न वडाका गरि १ सय ५० जना पार्टी प्रवेश गरेको उनले दावी गरे । नागरिक उन्मुक्ति पार्टी भौगोलिक ,जातिय ,लैंगिक ,क्षेत्रिय ,विकासको उत्पिडनमा परेका समुदायको पार्टी भएकोले टीकापुर लगायत कैलालीका अधिकांश स्थानिय तहहरूमा पनि नतिजा आफ्नो पक्षमा आउने उनको दावी छ । रेशम चौधरीले जेल जिवन बिताईरहेको र थारु सुमदायको मौलिक पहिचानको रुपमा रहेको चुनाव चिन्ह ढकिया भएकोले विशेषगरी थारु समुदायको सहानुभूति मत सो पार्टीलाई जाने विश्लेषकहरुको भनाई छ ।
यो दलमा देखिएको प्रभाव संगै अन्य दलले गठबन्धन बनाएर संयुक्तरुपमा टीकापुरमा चुनाव लड्ने सम्भावना पनि रहेको देखिन्छ ।
प्रदेश सभा जितेको नेपाली काँग्रेस यसपटक टिकापुरमा मेयरकाे जिताउने रणनीतिमा देखिन्छ भने मेयर जितेको एमालेलाई पुनः वर्चस्व कायम राख्ने दाउमा रहेको छ । माअाेवादिलाई भने नागरिक उन्मुक्ति पार्टीले धक्का पुगाउने आंकलन गरिएको छ ।
छेउ टुप्पो नभएको , जातीय नारा लगाउने पार्टी काे आराेप खेपेकाे नागरिक उन्मुक्ति लाई भने स्थानीय तह जिते पछि प्रादेशिक र संघीय चुनावमा सकारात्मक प्रभाव देखिने भएकोले पनि नागरिक उन्मुक्ति पार्टी लाई यश ठाउँमा चुनावमा जित हासिल गर्नैपर्ने दवाब रहेको छ ।
अन्य दलमा पार्टी भित्र दुई लाइन संघर्ष भएको तथापि नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक पार्टी भित्र किचलो नभएकोले पनि टिकापुरमा प्रभाव बढ्दो देखिन्छ । पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टिकापुर नगर ईन्चार्ज रामलाल डगाैरा थारु मेयर र उल्का वि. क. उपमेयर लागि पक्कापक्कि जस्तै भएको एक केन्द्रीय सदस्यले बताए ।