पहलमानपुर / कैलालीकाे पहलमानपुरमा पासोमा परेर चितुवा मरेको छ। जिल्लाको घोडाघोडी १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो। चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए।तस्बिर :सामाजिक सञ्जाल बाट
बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ उद्धारको काम गर्न नपाउदै चितुवा मरेको हो,’ रिजालले भने, ‘मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाड्ने तयारी छ।’ पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए।
उक्त वन क्षेत्रमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन्। दुई वर्ष अघि घोडाघोडी ३ नारायणपुर छाडा र माेहन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो