लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टाइफाइड राेग विरुद्धको खाेप अभियान बारे सत्तिमा अभिमुखिकरण

सत्ति / टाइफाइड राेग विरुद्धको खाेप अभियान संचालन बारे मंगलबार टिकापुर ७ सत्तिमा अभिमुखिकरण सम्पन्न भएको छ ।
साे राेग विरुद्धको खाेप अभियान १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यहि चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म संचालनमा आउने सत्ति शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा सहजकर्ता हिमाल सारुले बताए ।
टाइफाइड राेग विरुद्धको खाेप लगाएमा
अपांगता कम हुने र बालबालिकाकाे मृत्युदर कम गर्ने उनलेे बताए ।
नेपालमा हरेक वर्ष साढे चार लाख संक्रमित हुने दर रहेको बताउँदै उनलेे टिकापुरमा २८ हजार खाेप लगाउनेकाे संख्या रहेको जानकारी दिए ।
जस मध्ये २३ हजार ७२१ जना बालबालिका स्कुलमा रहेको ४हजार २९८ जना बालबालिका समुदायमा रहेको जनाइएको थियो ।
टिकापुरमा ७१ खाेप केन्द्र हुने र त्यस्मा १ सय ९६ जना स्वयंसेवक हुने कार्यक्रममा जानकारी दिइएको थियो ।
सालमाेनिया टाइफिल र सालमाेनिया पारा टाइफिल एविसि नामक जिवाणुका कारणले हुने र १५ वर्ष मुनिका बालबालिकामा,संक्रमण दर उच्च हुने र जटिलता पनि हुने स्वास्थ्यकर्मीहरुकाे भनाइ छ । यो राेग लागेको विरामिलाई पेट दुख्ने ,पखाला लाग्ने ,कब्जियत हुने ,सुख्खा खाेकि लाग्ने ,वाकवाकी लाग्ने लक्षण हुने र उपचार नभए पित्त थैलिमा क्यान्सर हुन सक्ने स्वास्थ्यकर्मीकाे भनाइ छ । कार्यक्रममा दलका अगुवा , सामाजिक अगुवा, विद्यालयका अध्यक्ष ,जनप्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियोे ।


प्रकाशित : २०७८ चैत्र २२ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप