लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बसपार्कका लागी झुँगाका श्रेष्ठले गरे जग्गा दान

भिम वि. क. झुँगा / टीकापुर नगरपालिका वडा नम्बर ९ झुंगाका गोविन्द प्रसाद श्रेष्ठले वडामा बसपार्क निमाणर्का लागी जमिन दान गरेका छन् ।    
श्रेष्ठले वडामा बसपार्क संचालनका लागी टीकापुर नगरपालिका वडा नं ९ का नाममा ७ कट्ठा जमिन शुक्रबार नामसारी गरेको वडा अध्यक्ष लौटन चौधरीले जानकारी दिए ।
हुलाकी सडक र खक्रौला सडक नजिक आधुनिक बसपार्क संचालन गर्नका लागी उपयुक्त स्थान भएकोले मेरो रोहवरमा ४५ हजार ९ सय ३८ रुपैयाँ लाभांशकर तिरेर पास गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
सो जग्गा स्थानिय चलनचल्तीको दरमा करिब १ करोड मुल्यपर्ने जग्गादाता गोविन्द प्रसाद श्रेष्ठले दावी गरे ।
श्रेष्ठले हुलाकी सडक र खक्रौला टीकापुर सडक खण्डको बिचमा पर्ने टीकापुर ९ स्थित झुंगामा रहेको कित्ता नं ४०६को ७ कट्ठा जमिन दान गरेका हुन् ।
श्रेष्ठका बुवा स्व. तेज नारायण श्रेष्ठको नाममा बसपार्कको नामाकरण गरि संचालन गर्ने सर्तमा वडा कार्यालयको नामामा गोविन्द श्रेष्ठले जग्गादान गरेको टीकापुर ९ का अध्यक्ष लौटन चौधरीले जानकारी दिए ।
हुलाकी सडक र टीकापुर सडक विस्तार भैरहेको सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने बाटो यहि भएकोले पनि सो स्थानमा बसपार्क उपयुक्त हुने वडा अध्यक्ष लौटन चौधरीले बताए । पितृको स्मृतिमा समाजलाई हित हुने कामकालागी निशुल्करुपमा जग्गादान गर्नु अनुकरणीय काम भएको शिक्षक राजकुमार चौधरीले बताए । 
टीकापुर ९ का स्थायी बासिन्दा समाजसेविको छवि बनाएका गोविन्द श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी भजनी शाखालाई ८ वर्ष अघि १ करोड मुल्य बराबरको साढे ६ कट्टा जमिन प्रदान गरेका थिए भने, वडाकै सेतिमैयां चौधरी मावि झुंगालाई ७ वर्ष अघि १ कट्टा जमिन दान गरेको बताए ।
समाजसेवाको काम २०३१ सालमा नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य भए पछि सुरु गरेको बताउँदै ।
२०४० सालको विनाशकारी बाढीमा आफ्नो पहलमा बाढी पिडितको उद्धार र राहत वितरण गरिएको स्मरण गर्दै , पछिल्लो पुस्ताका लागी पनि दाताको किर्ति पनि रहने भएकोले बसपार्कका लागी जमिन प्रदान गरेको उनले बताए । लायन्स क्लब नारायणपुर र डोटी स्थित शैलेश्वरी मन्दिरमा पनि आफ्नो पहलमा घेरबार तथा अन्य कार्य गरिएको उनले जानकारी दिए । कोरोना कालमा पनि समाजसेवि श्रेष्ठले विपन्न परिवारका लागी खाद्यान्न सहयोग गरेका थिए ।


प्रकाशित : २०७८ चैत्र २७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप