लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मुक्त कमैयाका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

टीकापुर / एशियन लाईफ इन्स्योरेन्स टीकापुर शाखाले आफ्नो १४औं बार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा टीकापुर नगरपालिका वडा नं २ विजयनगर स्थित मुक्त कमैया आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ ।
टीकापुर नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रकाश बुढाको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं १ का वडाध्यक्ष गंगाराम आचार्य रहेका थिए भने विशिष्ट अतिथि कार्यक्रम संयाोजक उपक्षेत्रिय प्रबन्धक गणेश बहादुर साउँद रहेका थिए ।
सामाग्री वितरण कार्यक्रममा संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको सामाग्री प्रधानाध्यापक द्धारा विद्यार्थीलाई वितरण गरिएको थियो ।
राजापुर उपशाखा इन्चार्ज धर्मपाल भुषालले स्वागत गरेकाे कार्यक्रमको संचालन वरिष्ठ अभिकर्ता बद्री भट्टराईले गरेका थिए । विगत १४ बर्ष देखि टीकापुरमा शाखा कार्यालय स्थापना गरी सेवा दिंदै आएको एशियनलाईफ इन्स्योरेन्स कम्पनी सोमबारदेखि १५औं बर्षमा प्रवेश गरेको अवसरमा केक काटेर जन्मोत्सव मनाएको छ ।
कार्यक्रममा उपक्षेत्रिय प्रबन्धक साउँद विगत स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगत रहेर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको बताउँदै एशियन लाईफ प्रति अत्याधिक मानिसहरुमा विश्वास रहेकोमा धन्यवाद र आभार प्रकट गरेका थिए ।


प्रकाशित : २०७८ चैत्र २७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप