यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि टीकापुरका नौ वडामा १६ वटा मतदानकेन्द्र ५७ वटा बुथ रहनेछन् ।
वडा नं १ का खडग स्मृति माविमा ८ वटा वुथमा ८ हजार ४३८ मतदाता र बीरेन्द्र विद्यामन्दिर माविमा १३ वटा बुथमा १२ हजार ८३० गरी २१ हजार २६८ मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको छ ।
वडा नं २ काे जनजागृति माविमा ५ वटा बुथ र ५ हजार २९८ मतदाता छन् । वडा नं ३ काे पदमा आधारभूत विद्यालयमा १ हजार ४५६ र हिमालय मावि घिया केन्द्रमा १ हजार ८९१ मतदाता छन् । वडा नम्बर ४ को जनप्रकाश मावि बाघमारामा १ हजार पाँच सय ८३ र थ्रीस्टार एजुकेशन होममा १ हजार ७२९ मतदाता छन् । वडा नं ५ काे राष्ट्रिय मावि मनिकापुरमा १ हजार ७९७ र त्रिभुवन मावि बसन्तामा ३ हजार १५५ मतदाता छन् ।
वडा नं ६ मा राष्ट्रिय मावि बेलुवामा १ हजार ३६३ र खडक आधारभूत विद्यालय भगवानपुरमा २ हजार १५४ मतदाताले मतदान गर्न पाउने छन् । वडा नं ७ को कर्णाली मावि सत्तीमा २ हजार १५ र जनता मावि सुनाहाफाँटामा २ हजार ६६७ मतदाता छन् । वडा नं ८ को राष्ट्रिय मावि सूर्यपुरमा १ हजार ६०० र त्रिभुवन मावि बटनपुरमा २ हजार ४२२ मतदाता रहेका छन् भने वडा नं ९ को सेतीमैयाँ मावि झुङ्गामा २ हजार ४७४ मतदाता रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ । बैशाख १२ गते साँझ उम्मेदवारको सूचि प्रकाशन गर्ने, बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइएको छ । बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने, परेका उजुरी उपर जाँचबुझ गर्ने र १५ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रशासन गरिनेछ ।