टिकापुर / टिकापुरमा निर्वाचन आचारसंहिता कार्यान्वयन बारेमा मंगलबार छलफल भएको छ । संवाद समुह टिकापुरकाे आयोजनामा भएको स्थानीय तह निर्वाचन २०७९ निर्वाचन आचारसंहिता बारे छलफल गरिएको हो । निर्वाचन लाई निश्पक्ष ,भयरहित र स्वतन्त्र ढंगबाट सम्पन्न गर्न टिकापुर नगरपालिका र जानकि गाउँपालिका विभिन्न दल र स्वतन्त्र उम्मेदवार र प्रहरी बिच छलफल भएको बताइएको छ ।
टिकापुर नगरपालिका र जानकी गाउपालिकाका विभिन्न दल तथा स्वतन्त्र उमेदवारहरु सङ्गै जानकी का निर्वाचन अधिकृत बिश्वदिप बेस्रा ,ईलाका प्रहरी कार्यालय टिकापुरका डिएसपि हेम बहादुर शाही बिच छलफल सम्पन्न भएको छ । छलफलमा मित्रवत र स्वस्थ प्रतिस्पर्धा , निर्वाचन आचारसंहिताको पुर्णपालना र शान्तिपुर्ण वाताबरणमा निर्वाचन सम्पन्न गर्न सबै दलका उम्मेदवार तयार रहेको प्रतिवद्धता जनाएका थिए । राजनीति दलले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा निर्वाचन अधिकृतले प्रष्ट पारेका थिए भने सुरक्षाका विषयमा डिएसपि शाहीले जानकारी गराएका थिए । सम्वाद समुहका सहजकर्ता छत्र मल्ल र सह सहजकर्ता निर्मला कडायतले सहजीकरण गरेका थिए ।