लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

पहिचानवादि थारु नेता सहित विभिन्न दलका नेता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

सत्ति / नागरिक उन्मुक्ति पार्टीमा पहिचानवादी थारु समुदाय र गैरथारु समुदायका नेता तथा कार्यकर्ता संगठित हुन थालेका छन् ।
मधेसवादी दल लगायत विभिन्न दलमा आवद्ध नेताहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन थालेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले आयोजना गर्ने एक कार्यक्रम बीच थरूहट थारुवान राष्ट्रिय माेर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु, साेहि माेर्चाका केन्द्रीय सल्लाहकार ,सुरेन्द्र चौधरी ,बर्दियामा जिल्ला संयोजक मोहनलाल चौधरी, रामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, मिसन अम्बेडकर नेपालका केन्द्रीय अध्यक्ष मनाेज लुहार,काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरी ,नेकपा एमाले टिकापुर नगर कमिटी सहसचिव पदम सापकोटा लगायतका करिबकरिब १ दर्जन नेता तथा कार्यकर्ताहरु उन्मुक्ति पार्टीमा आइतबार प्रवेश गरेका हुन ।
त्यस्तै, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी वासुदेव चौधरी, ओमप्रकाश चौधरी, इन्दु चौधरी , तिर्थ बाेहरा लगायत पश्चिमका थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन लागेको नागरिक उन्मुक्ति पार्टीका टिकापुर नगर इन्चार्ज तथा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताए ।
थारुहरु अलग अलग भएको फाइदा अरु दलले लिए, तर थारुहरुको अधिकार र माग पुरा भएको छैन, त्यसैले सबै थारु तथा उत्पीडनमा परेका समुदाय एक हुन लागेको हो, थारूले भने । यो पार्टीमा थारु मात्र होइन, देशभरका उत्पीडित समुदाय आवद्ध हुने बताउँदै उनले थारू लगायत उत्पीडित समुदायले आफ्नो अधिकारीका लागि आफै संघर्ष गर्ने बताए ।
तत्कालिन राजपाबाट प्रतिनिधिसभा चुनाव जितेका रेशम चौधरी थुनामा छन । नयाँ पार्टी भएपनि स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन सफल भएको हुनाले सो पार्टीप्रति सबै समुदायका नेता तथा कार्यकर्ताकाे आकर्षण बढ्दै गइरहेको छ ।


प्रकाशित : २०७९ असार १२ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!