सत्ति / गत दुईदिन देखि चयन हुन नसकेको भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तिको पदाधिकारी चयन साेमबार सम्पन्न भएको छ ।
शनिबार उद्घाटन सत्र पछि चुनावी साधारणसभा बाट सर्वसम्मत पदाधिकारी चयन हुन नसक्दा दुई दिन सहमतिका लागि भनेर निर्वाचन समितिले समय दिएको थियो ।
सहमतिय नेतृत्वका लागि साेमबार भएको छलफलपछि अध्यक्ष पदमा मनिराम ढुँगाना उपाध्यक्षमा धनसरि काेऊराला , सचिवमा भिम वि.क. सहसचिवमा धन बहादुर बुढा र काेषाध्यक्षमा दिपक वैद्य सर्व सम्मतरुपमा चयन भएका छन् ।
यसैगरी सदस्यमा सन्तोष नेपाली ,खुशीराम चाैधरि ,मुना घर्ती ,कृत ठकुल्ला, खेमानसिंह पुन मगर ,तुलसी पाण्डे ,कपुरसिंह कडायत, सराेज उराव ,पुनम वादि र जैसरा शर्मा रहेका छन् ।
सचिव बाहेक सबै पदमा सहमति भैसकेको अवस्थामा पदाधिकारी चयनमा विमति जनाउँदै केही जनाले मनाेनयन फिर्ता लिएका थिए ।
मनाेनयन फिर्ता लिएर पनि पुनः उपाध्यक्षमा धनसरि काेइराला र काेषाध्यक्षमा दिपक वैद्य लगायतका केही सदस्य फिर्ता भएको निर्वाचन समितिका सदस्य खुइरे चाैधरिले जानकारी दिए । सर्वसम्मतरुपमा चयन भएका पदाधिकारीलाई अागामि बुधबार पद तथा गाेपनियताकाे सपथ ग्रहण गराइने निर्वाचन समितिले जनाएको छ ।