लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

तलब नपाउँदा शिक्षक आन्दोलित

सत्ति /लम्कीचुहा नगरपालिका शिक्षकले तलब नपाएपछि शिक्षक कर्मचारी आन्दोलित भएका छन् । पछिल्लो चौमासिक तलब भत्ता समयमै निकासा गर्न नसकेको भन्दै शिक्षक कर्मचारीले नगरपालिकाको कामप्रति असन्तुष्टि जनाएका छन् ।

नगरपालिकाबाट पाउनुपर्ने अनुदान शिक्षकको तलब र अंग्रेजी, गणित र विज्ञान विषयका लागि छुटइएको शिक्षण अनुदान रकम बाहेक अन्य सबै शिक्षक, बालविकास र कर्मचरीको रकम निकासा नभएको र चाँडै स्रोत जुटाएर रकम व्यवस्थापन गरिने लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताए । असार २५ गते भित्र निकासा भैसक्नुपर्ने रकम निकासा नहुँदा समस्या सृजना भएको न्यौपानेले बताए । समस्या समाधानका लागि पहल भैरहेको बताए ।

शिक्षकको तलब समयमै निकासा नगरी शिक्षक प्रति अन्यायपूर्ण भएको भन्दै यथाशिघ्र तलब भुक्तानी गर्न शिक्षक महासंघ लम्कीचुहाले एक विज्ञप्ती निकाल्दै नगरपालिका लाई बुझाएको छ ।

महासंघले २४ घण्टाभित्र तलब भुक्तानी नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शिक्षक महासंघ लम्कीचुहा नगरपालिकाका अध्यक्ष राम प्रसाद तिमिल्सेनाले लम्किचुहा शिक्षक महासंघ, पालिकाका सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठन र शिक्षक कर्मचारिको संयुक्त उपस्थितिमा प्रेस विज्ञप्ती सहित तत्काल तलब भत्ता निकासा गर्न दबाब दिइएको बताए ।

लम्किचुहा नगरपालिकामा आफ्नो पारिश्रमिकका लागि शिक्षकले सधैं आन्दोलन र दबाब दिनुपर्ने बाध्यता रहेको शिक्षकको गुनासो छ ।


प्रकाशित : २०७९ असार २८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप