Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
भानुका पदाधिकारीलाई सपथ ग्रहण तथा भानुजयन्ती मनाइयो - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भानुका पदाधिकारीलाई सपथ ग्रहण तथा भानुजयन्ती मनाइयो

सत्ति / टिकापुर ७ सत्ति स्थित भानु पुस्तकालयका नवनिर्वाचित पदाधिकारीले भानु जयन्तीको अवसरमा सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
निर्वाचन समितिका संयाेजक विरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि टिकापुर ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए भने विशिष्ट अतिथिमा वडा नम्बर ८ का अध्यक्ष दिर्घ ठकुल्ला रहेका थिए । कार्यक्रममा सल्लाहकार सिपि खनालले सामाजिक संस्था जातीवाद ,पार्टीवाद , क्षेत्रीयतावादमा बाँडिनु विकासको बाधक हुने बताउँदै पुस्तकालयकाे विकासका लागि सबै एकजुट हुनुपर्नेमा जाेड दिएका थिए ।
सत्ति नारायणपुर बजार व्यवस्थापन समितिका अध्यक्ष पल बहादुर बस्नेतले नयाँ कार्यसमितिले पुस्तकालयलाई अझै उचाइमा पुगाउन सबै संग समन्वय गरेर अघि बढ्नुपर्ने बताए । सत्ति कृषि सहकारिका अध्यक्ष खड्क भण्डारीले जसरी भानुभक्तलाई सामान्य गरिब घरका किसान घाँसिले दिएको उपदेशका कारण नेपाली साहित्य आकाशमा उदाएका छन् । त्यसरी नै सामाजिक काममा धन होइन मन चाहिने बताए । कला,साहित्यकाे संरक्षण र सम्वर्दनका लागि युवापिंढि लाग्नुपर्ने उनलेे बताए । कार्यक्रमका अन्य वक्ताहरुले पुर्व अध्यक्ष स्व.देवेन्द्र जैशिले पुस्तकालयका लागि गरेका असल कामको स्मरण गरेका थिए । साेहि अवसरमा २०९औं भानुजयन्ती मनाईएकाे थियो । कार्यक्रममा सहभागीहरूले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुस्प गुच्छा र अविर अर्पण गरेका थिए। पुस्तकालयका अध्यक्ष मनिराम ढुंगानाले पुस्तकालयले दिने सेवा सबै निशुल्क हुने भएकोले सेवा प्रदान गर्न पुस्तकालय सदैव तयार रहेको बताए । कार्यक्रमकाे संचालन निर्वाचन समितिका सदस्य खुइरे चाैधरिले गरेका थिए ।


प्रकाशित : २०७९ असार ३० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!