सत्ति / कांग्रेसका नेता नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गरेका छ्न । मंगलबार टिकापुरमा भएको एक कार्यक्रममा प्रवेश गरेको नागरिक उन्मुक्ति पार्टिका टिकापुर नगरपालिका इन्चार्ज तथा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले जानकारि दिए ।
पार्टी प्रवेश गर्नेमा कैलाली क्षेत्र नं १ प्रदेशका नेपाली कांग्रेस सदस्य अर्जुन ठकुल्ला,कांग्रेस टिकापुर कार्यसमिती सचिव बिरेन्द्र कुँवर,कांग्रेस नेताहरु खेमराज शर्मा,खगेन्द्र सापकोटा,लक्ष्मी नारायण चौधरी प्रवेश गरेका छ्न ।
पार्टी प्रवेश कार्यक्रममा पार्टि प्रवक्ता दामोदर पण्डित,नेताहरु अरुण चौधरी,रामलाल डगौरा ,केवालाल चौधरी,प्रदिप चौधरी लगायतको उपस्थिति रहेको थियो । पुर्वि कैलालीका स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरे पछि पछिल्लो समय नागरिक उन्मुक्ति पार्टिमा अन्य दल त्याग गरेर प्रवेश हुनेको लहर चलेको छ् । नजिक आउदै गरेको प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरि पार्टि प्रवेश धमाधम हुँदै आएको छ ।