लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

३० वर्षको भगिरथ प्रयासमा भागिरामले गरे एसईई पास

सत्ति /  कैलालीका एक व्यक्ति ३० औं पटकमा एसईई पास भएका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगी मा कार्यरत ५३ वर्षीय भागीराम चौधरी सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन ।
उनले २.०० जीपीए ल्याएर एसईई पास गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए । ‘अथक मिहिनेत र धैर्यता गरेमा सफल भइन्छ भन्ने उहाँ एक उदाहरण बन्नु भएको छ’, शिक्षक शर्माले भने । ‘चौधरीले अब क्याम्पस पढ्न पाउनुहुनेछ ।’

कैलारी गापा–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि फर्म भरेनन् । ‘यो वर्ष पनि परीक्षा दिने खासै मन थिएन, स्वास्थ्यले पनि साथ दिएको थिएन’, उनले भने । ‘तर, पछि फेरि मन लाग्यो । दिएँ, पास भएको छु ।’ अब जनता माविमै कक्षा ११, १२ पढ्ने चौधरीले बताएका छन् ।


प्रकाशित : २०७९ श्रावण १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप