लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

रिमाको आग्रह मेरो छोरालाई बचाई दिनुस्

सत्ति/ टिकापुर नगरपालिका वडा नं.–७ सत्तिकी रिमा चौधरी ले छोरा समिर चौधरीलाई बचाईदिन आग्रह गरेकी छिन् ।

आफु मजदुरी गर्न बाहिर गएको बेलामा घरमा खेल्ने क्रममा चोट लागेर १ वर्ष देखि उपचारको अभावमा चरम आर्थिक अभाव भए पछि समिरकी आमाले नाबालक छोराको जिवन बचाई दिनका लागी अनुरोध गरेकी छन् । सत्ति बजार नजिकै आफन्तको घरमा बस्दै आएका उनको परिवार मजदुरी गरेर छाक टार्ने गरेको उनले बताईन् ।

हामी दुबै जना मजदुरी गरेर पेट पाल्छौं त्यसमा अरु तिन सन्तान पनि पाल्ने जिम्मेवारी छ यो छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको उनको भनाई छ । डाक्टरले बोन क्यान्सर हुन सक्ने आशंका गरेको उनको भनाइ छ । समिरको हाल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा मा भेकजाँच भैरहेको र रिपोर्ट भने आउन बाँकी रहेको उनको भनाई छ ।

सुदूर सन्दर्भ साप्ताहिक संगको वार्तामा उनले भनिन् सत्तिका मनकारी युवा तथा स्थानियको सहयोगमा पहिलो पटक अस्पताल सम्म आएको छु मेरो छोराको लागी एक रुपैयाँ भए पनि सहयोग गरिदिनुहोस् भावुक हुँदै उनले भनिन् ।

छरछिमेकमा छोराको उपचारका लागी ऋण माग्दा पनि कसैले नदिंदा घरमै रोग पालेर बसेको उनको भनाई छ । उनको घरको कमजोर अवस्था देख्दा उनलाई स्थानीय युवाले साथीभाइ बिच रकम उठाइ टिकापुर अस्पताल मा चेकजाँचका लागि लिएको र टीकापुरबाट नेपालगंज जाने सल्लाह बमोजिम उनलाई स्थानिय युवाको सहयोगमा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लिइएको युवा संजालका अध्यक्ष सन्तोष नेपालीले बताए । विरामीको अस्पतालमा भर्ना गरिएको र मेडिकल आइतबार सम्म आउने जानकारी अस्पताल प्रशासनले दिएको नेपालीले सुदूर सन्दर्भ साप्ताहिकलाई जानकारी दिए ।

बालकको घरायसी आर्थिक अवस्था दयनिय भएकोले उपचार खर्च जुटाउनका लागी व्यक्तिगत सहयोग र सामाजिक संजालको माध्यम बाट सहयोगको आव्हान गरे पछि अहिले सम्म करीब ४० हजार रुपैयाँ संकलन भएको संजालका उपाध्यक्ष महेश रावलले बताए ।

बालकका बाबु सन्तोष र आमा रिमाले मजदुरि गरेर खाने भएकोले उपचारमा लाग्ने खर्च नभएर घरमै रोग पालेर बसेकोले रकम संकलन गरेर उपचारका लागी पहल गरिएको युवा सरोकार समुहका अध्यक्ष सन्तोष नेपालीले सुदुर सन्दर्भलाई बताए । सन्तोषको उपचारका लागि युवा सरोकार समूह सत्ति मार्फत अभियान थालिएको छ ।


प्रकाशित : २०७९ श्रावण १५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप