सत्ति / ८६ जना शेयर सदस्य बाट २०५७ सालमा स्थापना भएको टिकापुर ७ सत्ति स्थित सामुदायिक सहकारीले बुधबार एक कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको छ ।
सहकारीका उपाध्यक्ष दिपक साउँदकाे अध्यक्षतामा भएको २२ अाैं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु रहेका थिए भने विशिष्ट अतिथिमा टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरि रहेका थिए ।
सहकारीका काेषाध्यक्ष पल बहादुर बस्नेतकाे स्वागत संगै सुरु भएको कार्यक्रममा सहकारीका जिटिएफ उपसमिति सदस्य तथा सेती मैयाँ चाैधरि माद्यमिक विद्यालयका प्रअ पतिराम चाैधरि , विद्यालयमा बचत गर्ने बानी बसाल्नका लागि कार्यक्रम संचालन गर्न पतिराम चाैधरिले अनुरोध गरेका थिए ।
कर्णाली मावि सत्तिका प्रधानाध्यापक जगविर शाहले सहकारिले विभिन्न विद्यालयका ३५ जना नानीहरूकाे पढाइमा अभिभावकत्व लिएर सराहनीय काम गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले व्यापारका लागि मात्र होइन सेवाको लागि पनि सहकारी अग्रसर हुनुपर्ने । सहकारीले स्थानीय सरकार संग साझेदारीमा काम गरे समुदायको विकास हुने बताउँदै टिकापुरमा नयाँ ढंग बाट विकासका सवालमा सहकारीको हातेमालो आवश्यक भएकोले त्यस्का लागि आफुले सहकारी ,बैंक तथा व्यवसायी संग छलफल भैरहेको उनलेे बताए ।
विशिष्ट अतिथि टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरिले सामुदायिक सहकारीका कारणले सत्ति बजार परिचित भएको बताए । सहकारीले विपद व्यवस्थापन तथा सदस्य राहत काेष अन्तरगत मृतक शेयर सदस्य लाई पाँच हजार दिने निति रहेको छ । साेहि अवसरमा शेयर सदस्य स्व. खिरमान डगाैराकि धर्मपत्नी प्रतिभा चाैधरि लाई पाँच हजार प्रदान गरिएको थियो ।
यसैगरी सहकारी बाट उत्कृष्ट बचत काराेबार गर्ने भजनि ८ पुर्ण बहादुर भण्डारी , भजनि ६ राज कुमार चाैधरि, टिकापुर ७ का छाेटेलाल चाैधरि ,टिकापुर ८ का गाेपाल चाैधरि,टिकापुर ६का राजकुमार मगर , टिकापुर ६ का मानबहादुर चाैधरि, टिकापुर ७ का झंकर ठकुल्ला, टिकापुर ९का गाेमा चाैधरि, असल ऋणि टिकापुर ७ कि सिमा चाैधरि, टिकापुर ७ का रिता चाैधरि ,टिकापुर ८ का सतराम चाैधरि, टिकापुर ६ का कुलराज खनाल , टिकापुर ६ कि संगिता चाैधरि, टिकापुर ७ कि विनिदेवी मगर , टिकापुर ७ का जनक चाैधरि, टिकापुर ९ का रामबहादुर चाैधरि,टिकापुर ७ का आशारानि चाैधरि, लघुवित्त कार्यक्रम काेपिला महिला समुहलाई पनि सम्मान गरेको थियोे ।
आर्थिक वर्ष २०७९/०८० मा १३ करोड ७२ लाख ३४ हजार ९६१ रुपैयाँ लगानी गरि ११ करोड ९९ लाख,४४ हजार १४३ रुपैयाँ असुली गरिएकाे जनाइएको थियो ।
सहकारीले २ करोड ३३ हजार ६१४ रुपैयाँ कुल आम्दानी गरेकाे छ भने ७० लाख ७२ हजार १६० रुपैयाँ खुद मुनाफा गरेको सहकारीका व्यवस्थापक दिपक वैद्यले जानकारी दिए । सहकारीले कृषि क्षेत्रकाे विकासका लागि स्थानीय सरकार संग समन्वय र सहकार्य गरि आवश्यक पर्ने प्रविधिको लागि सहुलियत दरमा ऋण प्रदान गर्ने वार्षिक योजना तथा निति कार्यक्रम प्रस्तुत गरिएको छ ।
कार्यक्रम रेडक्रस नारायणपुरका सभापति टाेप बहादुर केसी , लक्ष्मी नारायण सहकारीका अध्यक्ष कपुरसिंह कडायतले शुभकामना मन्तव्य राखेका थिए भने संचालन व्यवस्थापक दिपक वैद्यले गरेका थिए । यसैगरी सहकारीकाे पहिलो शाखाको रुपमा रहेको भजनि शाखामा पनि वार्षिकोत्सव मनाइएको थियो ।