टिकापुर / नागरिक उन्मुक्ति पार्टी द्वारा आयोजित टिकापुर घटना स्मृति दिन कार्यक्रममा बाेल्ने वक्ताले २०७२ साल भदौमा घटेको घटना राजनीतिक भएको बताएका छन् ।
साे कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले साे कुरा बताएका हुन । नेपाली काँग्रेसमा नगर सभापति नरेश खत्रीले टिकापुर घटना राजनीतिक हो भनेर आैपचारिकरुपमा भन्ने दल नेपाली काँग्रेस भएको बताए । अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा टीकापुर घटना घट्न पुगेको बताउँदै उनले यहाँको विकासको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।
एमाले टिकापुर नगर अध्यक्ष ध्रुव खत्रीले टिकापुर घटनाकाे राजनीतिक आन्दोलनको रुपमा लिनुपर्ने बताए ।
भजनि नगरपालिकाका मेयर केवल चाैधरिले राज्यले दमन गरेको कारणले टिकापुर घटना घटेको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गरे । टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै मेयर चाैधरिले भने, ‘सरकार हालसम्म हाम्रो मुद्दाप्रति सकारात्मक छैन । तर जनताको माग छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक ढंगले सम्बोधन गर्नुको विकल्प छैन । जनताले आफ्नो मत मार्फत सरकारलाई सन्देश दिदै आएका छन् । जसको परिणाम हो, नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा कैलाली को चार पालिकाकामा जीत हासिल गर्नु । त्यसैले आउँदो चुनावलाई आन्दोलनको रुपमा लिनुपर्छ । सबैभन्दा सजिलो आन्दोलन नै निर्वाचन हो उनलेे भने ।’ नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य प्रदिप चाैधरिले संविधानले दिएको अधिकार कार्यान्वयन गर्दै सबै क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । ४२ महिना जेलबन्दी भएका विश्राम चौधरीले टीकापुर घटनाको निकासको लागि टीकापुर घटना छानविनको लागि तयार पारिएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो ।
’संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरी सहित १ नाबालकको ज्यान गएको थियो ।
घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।