भिम वि. क. बैदि /शुक्रबार परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित परिवारको सेवामा नजिककाे सरकार भन्दा युवाहरु अघि सरेका छन् ।
टिकापुर- ७ का विभिन्न सेल्टर हाउस, उच्च सुरक्षीत भवन र विद्यालयमा आश्रय लिएर बसेका बाढीपीडितलाई यहाँका युवाले तयारी खाना र पानी वितरण गरेका छन् ।
वडाका करिब ७० प्रतिशत घरधुरी डुबानमा परेकाे अवस्थामा यस्तो कठिन परिस्थितिमा रहेका बाढीपीडितहरुका लागि वडा स्थित युवा संजाल सत्तिले आइतबार ३५ पेटि पानी ५ पेटि चाउचाउ, ३० पाकेट भुजा , १२ दर्जन बिस्कुट वितरण गरेका छन् ।
संजालमा आवद्ध युवाले सामाजिक कामका लागि मासिक १०० रुपैयाँ संकलन गर्ने गरेको र संजालकाे काम बाट प्रभावित मनकारि व्यक्तिको सहयोग बाट सामाजिक काम गर्ने गरेको युवा संजाल सत्तिका सचिव किर्त ठकुल्लाले बताए ।
यसैगरी ओजुवाताल डल्फिन युवा क्लब बैदिले पनि वडाका विभित्र स्थानमा आश्रय लिएर बसेका बाढीपीडितलाई ५ पेटि पानी, ५ पेटि बिस्कुट र ५ पेटि चाउचाउ वितरण गरेको छ ।
बाढीपीडितकाे सडक ,उच्च घर, विद्यालयमा भाेकै बस्नुपर्ने अवस्था भए पनि स्थानीय सरकार भने अहिलेसम्म बेखबर भएको टिकापुर ७ का सनत श्रेष्ठले बताए ।
स्थानीय सरकार भन्दा अगाडि बाढीपीडित माझ युवा पुगेको उनलेे बताए । टिकापुर नगरपालिकाका १ देखि ९ वटै वडा डुबानमा परेका छन् । विभिन्न स्थानमा आश्रय लिएर बसेका बाढीपीडितलाई खाना ,खानेपानी ,शाैचालयकाे तत्काल आवश्यकता रहेको स्थानीयकाे भनाइ रहेको छ ।