सत्ति / नागरिक उन्मुक्ती पार्टी जानकी गाउँ कमिटीले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावी खर्च विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको बताएको छ ।
आज जानकि गाउँपालिका इन्चार्ज फागुराम चौधरीले प्रेस विज्ञप्ती जारी गरि चुनावी प्रचार प्रसारकाे कागजात निर्वाचन आयोगले निर्दिष्ट गरे अनुसार निर्वाचित तथा निर्वाचनमा पराजित उम्मेदवारकाे चुनावी खर्च विवरण ३० दिनभित्र बुझाइसक्नुपर्ने कानुनी व्यवस्था अनुसार आफ्नो पार्टीले निर्वाचन अधिकृतको कार्यालय दुर्गौलीका निर्वाचन अधिकृत विश्वदिप बेस्रालाई खर्च विवरण बुझाइसकेको बताएका छन् । सम्पूर्ण कागजात बुझाएको र आफुले उम्मेदवारले बुझाएको धराैटि रकम पनि बुझिसकेकाे तथापि कुनै ठाउँमा रकम बुझेको भनेर हस्ताक्षर निर्वाचन आयोगले नगराएको फागुराम चाैधरिले दावी गरे ।
विज्ञप्तिमा आफ्नो पार्टीले तोकिएको समय भित्रै खर्च विवरण बुझाइसक्दा पनि निर्वाचन अधिकृतले लापरबाही गरेको आरोप लगाउदै गैरजिम्मेवारीका कारण नबुझाएको पर्न गएकाले यसको जिम्मेवारी निर्वाचन अधिकृतले लिनुपर्ने उल्लेख छ ।निर्वाचन अधिकृतको बेवास्ताको कारण देखिएको गल्तीलाई लिएर नागरिक उन्मुक्ती पार्टीलाई जरिवानाको भागेदार नबाउन पार्टीले विज्ञप्ति जारि गरेको छ । पार्टीलाई बदनाम गर्ने काम भएकाले कानुनी प्रक्रियामा जाने र विभिन्न दबाबमूलक कार्य अगाडी बढाउने विज्ञप्तिमार्फत जनाइएको छ ।
यो बारे निर्वाचन अधिकृत बेस्रासँग (९८४९६५५६१२) बुझ्न खाेज्दा फोन गर्दा सम्पर्क हुन सकेन ।