सत्ति / टिकापुर प्रहरीले अवैधरुपमा भारत बाट भन्सार छलि गरेर ल्याइएको सामान पक्राउ गरेको छ ।
प्रहरीले खड्क चाेक बाट साेमबार सुपर स्पलेन्डर बाइक सहित १ लाख ४४ हजार १६० रुपैयाँकाे कपडा समातेको छ ।
प्रहरीकाे गस्ती टोलीले चेक जाँच गर्ने क्रममा बाइक पछाडी लोड गरी भन्सार छली ल्याएका S.p.swiss cotton थान कपडा २० मिटरका ३९ थान, Sangnui लेखेको थान कपडा २० मिटरका ३० थान र सु.प.प्र.०१-०७ प ६९८० न.को बाइक सहित जम्मा एक लाख चौवालीस हजार एकसय साठी मुल्य बराबरका सामान फेला पारी बरामद गरी कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरि मंगलबार बिहान २:३० बजे ईलाका प्रहरी टीकापुरबाट खटीएको प्रहरी टोलीले टीकापुर १ ब्लक नं.C नजिकैको पानी टंकी नजिक सडकमा टीकापुर ७ कालाकुण्डा बस्ने बर्ष २० को अनिल कँडेलले चलाएको से १ ह १६३३ नम्बरको अटो रिक्सामा जुता र कपडाको सट पाईन्ट अबैध रुपमा भन्सार छली ल्याएको अन्दाजी पाँच लाख सात हजार मुल्य बराबरका मालसामान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय सत्ति कैलालीमा पठाईएको जानकारी दिएको छ ।
यश अघि टिकापुर प्रहरीले ठूलो परिमाणमा भन्सार छलि गरेर ल्याएका सामान नसमात्नु र इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी हेम बहादुर शाही विदामा गएको माैकामा इन्स्पेक्टरकाे कमान्डमा रहेको बेलामा सामान समातिनु लाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
चाडपर्वकाे मुखमा बजारको मागलाई पुरा गर्नका लागि भारतीय बजार बाट विना भन्सार नेपाल सामान भित्रीने गरेकाे अवस्थामा डिएसपी शाही कार्यालयमा हाजिर भैसेपछि सामान पुनः समातिने हो या होइन त्यो हेर्न बाँकी नै छ ।
विगत केही महिना यता सिमानाका बाट खुलेआम भन्सार छलि गरेर सामान नेपाल आउने गरेको छ ।
व्यापारीले सिमानाकामा तैनाथ नेपाल प्रहरी , शसस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धानका अधिकारी लाई महिनावारिरुपमा रकम दिएर सामान सजिलै भित्रीने गरेको खक्राैलाका एक स्थानीयले दावि गरे ।
भजनि देखि खक्राैला सम्मका नाका बाट चिनि, कपडा ,हार्डवयर र किराना सामान रातिको समयमा भित्रीने गरेको उनको भनाइ छ ।