नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधी तथा प्रदेश सभाका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकले कैलाली क्षेत्र नं. १ मा प्रतिनिधी सभा सदस्यमा रञ्जिता श्रेष्ठ, प्रदेश सभा ‘क’ मा कैलाश चौधरी, प्रदेश सभा ‘ख’ मा लक्ष्मणकिशोर चौधरीलाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यमा अरुण चौधरी, प्रदेश सभा ‘क’ मा रतन थापा, प्रदेश सभा ‘ख’ मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ । यस्तै क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी, प्रदेश सभा ‘क’ मा धनश्याम चौधरी, प्रदेश सभा ‘ख’ मा खुशीराम चौधरीलाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नं. ४ मा प्रतिनिधी सभा सदस्यमा कैया चौधरी, प्रदेश सभा ‘क’ मा राजेन्द्र देवकोटा, प्रदेश सभा ‘ख’ कमल राज भाटलाई उम्मेदवार बनाएको् छ । क्षेत्र नं. ५ मा प्रतिनिधि सभामा लक्ष्मण चौधरी र प्रदेश सभा ‘क’ मा श्रीराम चौधरी, प्रदेश सभा ‘ख’ मा गोठु चौधरी उम्मेदवार बन्ने पार्टीले टुंगो लगाएको छ ।