लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकिका असहाय बालबालिकालाई वास नेपालको सहयोग

 विनोद चाैधरि, दुर्गाैलि / जानकि गाउँपालिकाका चार असहाय बालबालिकाले आर्थिक सहयोग पाएका छन् । युनिसेफ नेपाल र बागेश्वरी असल शासन युवा क्लव (बास)द्वारा बाल संरक्षण कार्यक्रम अन्तरगत वडा नम्बर १ र ९ का उनीहरुलाई ५/५ हजार सहयोग गरेको छ ।
बागेश्वरी असल शासन युवा क्लव (बास) टिकापुरका काेवाे रिपोर्टर भिम वि. क.का अनुसार सहयोगमा पाउनेमा वडा नं. १ का प्रिन्सा चाैधरि र राेहित चाैधरि रहेका छन् । उनिहरुलाई विद्यालय पाेशाक र शैक्षिक सामाग्रीका लागि ५ हजार वडा सदस्य राधा भुल र अनिता चाैधरिकाे उपस्थितिमा सहयोग प्रदान गरिएको थियो । विपन्न तथा जाेखिम अवस्थामा रहेका बालबालिकालाई साे सहयोगले पढाइमा सहयोग पुग्ने वडा सदस्य राधा भुलले बताइन् ।
वडा नं. ९का आमाबाबु गुमाएर छिमेकीको घरमा बस्ने दिपेन्द्र चाैधरि र साजन चाैधरिलाई वडा नम्बर ९ का वडा सदस्य हर्कराज भाट र वडा सचिव प्रेम बुढाको राेहवरमा बडघर ठग्गुराम चाैधरिलाइ रकम हस्तान्तरण गरिएको जनाइएको छ ।
आमा बुवा नभएपछि आफन्तको आश्रयमा बस्दै आएका उनीहरुलाई पढाईमा सहयोगका लागि रकम दिइएको छ । उनीहरुलाई वडा प्रतिनिधिकाे राेहवरमा रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा जानकि गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव भाेज बहादुर चाैधरि ,बडघर वास नेपालका प्रतिनिधि भिम विक लगायतका सहभागी भएका थिए ।
आगामी आइतबार साे गाउँपालिकाका अन्य १३ जना असहाय बालबालिकालाई नगद सहयोग हस्तान्तरण गरिने वासका प्रतिनिधि भिम विकले जानकारी दिए ।


प्रकाशित : २०७९ आश्विन २८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!