लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

पत्रकारिता संगै फुल व्यवसायमा पत्रकार मल्ल

सत्ति / टीकापुर -१ मा बस्दै आएका छत्र बहादुर मल्ल आफ्नै प्रकाशन तथा सम्पादनमा जानकी खबर सप्ताहिक पत्रिका सञ्चालनमा ल्याएका छन् । उनी पत्रकारितामा आर्थिक उपलब्धी नभएपछि आफ्नै जमिनमा दूई वर्षदेखि फूलखेतीमा रमाएका छन् ।
राजनीतिशास्त्र स्नातकोत्तर ,शिक्षा शास्त्र एम एड र कानुन (एलएलबि) त्रिभुवन विश्वविद्यालय ,किर्तिपुरमा अध्ययन गरेका मल्ल कोभिड पछि पत्रिका प्रकाशन धरापमा परेपछि फूलखेती तर्फ आकर्षित भएको बताउँछन् ।

उनी जानकिनगर गा पा ७ मा रहेको १ विगाहा जमिनमा खेती गर्दै आइरहेको । उनले भने ‘गतबर्ष बजार अभावका कारण झन्डै चारक्विन्टल फूल खेर गयो । बैशाखको हावाहुरीले पनि ठूलो क्षति भयो । यो वर्षको बाढीले पनि फूल उत्पादनमा ठूलो क्षति पुगायाे ।’ फूललाई स्याहार सुसार धेरै चाहिने भएकोले उनीहरु श्रीमान श्रीमति दुबै जना व्यस्त हुन्छन् । फूल सिजनमा गृहणी महिलाहलाई ज्याला दिएर माला उन्न लगाउने गरेको उनी बताउँछन् ।

फूल खेतीले थोरै जग्गामा पनि धेरै आम्दानी गर्न सकिन्छ भन्ने बुझाइ गाउँको यूवामा हुन थालि सकेको उनले बताए । टीकापुरमा अहिले चार जना युवाले फूल खेती गरिरहेका छन् ।
‘यो वर्षको तिहार अलि अघि नै भएकाले पुर्ण रुपमा फूल फुल्न पाएन जुन कारण सबैको अर्डर लिन सकिएन । मैले ८ सय मालाको अडर लिएको छु, प्रति माला १४० रुपैयाँ होलसेलमा बिक्री भैरहेको छ ।’

पछिल्लो केही वर्ष यता गाउँघरमा पनि फूल बाह्रै महिना बिक्री हुने गरेको मल्ल बताउँछन् । पुजा आजा, विवाह, व्रतबन्ध तथा मृत्यु कार्यमा पनि फूल चाहिने भएकोले बजारलाई व्यवस्थित गर्न सके फूल खेती जुनसुकै ठाउँमा पनि फस्टाउने उनको भनाइ छ ।
यस्तै टीकापुर–१ वनगाउँका सीताराम चौधरी ‘सितल’ ले केही वर्ष अघिसम्म १० कठ्ठा जमिनमा ८/९ क्वीन्टल धान फलाउँथे ।

बिक्री गर्दा मुस्किलले २० हजार रुपैयाँ पाउँथे । परिश्रम, लगानीको लेखाजोखा गर्दा बर्सेनि बराबरी हुन्थ्यो । अझ कुनै वर्ष त नोक्सानी समेत बेहोर्नुपर्थ्यो । त्यसपछि उनले फूल खेती गर्ने सोच बनाए ।
३ वर्षयता उनको धान फल्ने जमिनमा ढपक्क सयपत्री फूल फूलेको छ । ‘जमिनले नयाँ जीवन पायो, मेरो आवश्यकता पुरा भएको जस्तो अभाष हुन्छ ।’जोड–घटाउ गर्दा देखिने आम्दानीले उनी सयपत्री झै ढपक्क बलेको देखिन्छन् ।

उनले विगत स्मरण गरे । ‘जीवनको उर्जावान समय धेरै क्षेत्रमा खर्च गरियो । कला क्षेत्रमा हात हालिएन कि, क्यामेरा बोकेर हिँडिएन । तर कतै फापे जस्तो लागेन । अन्तिममा जे परे पर्ला । डुबे, डुबुँला भनेर फूल व्यवसाय रोजे । यसबाट सन्तुष्टि मिलेको छ ।’

महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकसम्म अध्ययन गरेका सितलले एकताका भारतको मुम्बईमा फोटोग्राफीको तालिम लिए । फोटो स्टुडियो खोली उनले ०४९ देखि ०५१ सम्म फोटोग्राफीमा क्रियाशील रहे तर फापेन । फोटो व्यवसायी मात्रै होइन, २०५७ मा फिल्म क्षेत्रमा हात हाले । पश्चिमा थारु भाषाको पहिलो फिल्म ‘कुहिरा’को निर्माता भइ काम गरे । त्यसमा असफल भएपछि जीविकोपार्जनको लागि खेतीपातीसँगै अनेकौं ठाउँमा भौतारिएको सुनाउँछन् । अनेकौ पेशा अंगाले । तर सफलता हात नपरेपछि अन्ततः उनी फूल खेती रोजे ।

‘अरू क्षेत्रमा भन्दा सम्भावना बढी देखे । मान्छेको जन्मदेखि मृत्युसम्म चाहिने फूल नै रहेछ तर यहाँ फूलको व्यावसायिक उत्पादन देखिन । बाहिरबाटै आयात हुन्छ, सोधखोजकै क्रममा चितवनमा गरिएको व्यवसायिक फूल खेतीको अनुगमन गरे । उहाँहरू त यहाँ मात्रै होइन यहाँबाट विदेशसम्म फूलको निर्यात गर्दोरहेछन् । अनि मैले किन गर्न नसक्ने भन्ने आँट आयो ।’ चितवनमै फूल खेती सम्बन्धी २ हप्ते तालिम लिएँ । प्राविधिक ज्ञान समेत हासिल गरेपछि फूल खेती शुरूवात गरेको सीताराम सुनाउँछन् ।

उनले २०७५ साउनदेखि उनी १० कठ्ठामा फूल खेतीको शुरूआत गरेका हुन् । इन्द्रेणी फ्लाेरि कल्चर एण्ड डेकोरेटरर्स् फर्म स्थापना गरी उनी पहिलो सिजनमै राम्रो प्रतिफल पाएपछि निकै उत्साहित भए ।
शुरुवाती वर्षमा १ लाख ३५ हजार लगानी गरेका उनले एकै सिजनमा ३ लाख र वर्षमा करीब ६ लाख आम्दानी गरे । विगतमा गरिएको धान खेती बाट हुने प्रतिफल र फूलबाट आएको प्रतिफल निकै अन्तरले बढ्यो ।

उनको अनुसार फूल खेती वर्षमा २ पटक गर्न सकिन्छ । असार, साउनदेखि मंसिर सम्म र फागुन देखि असार सम्म । अहिले उनी एक बिगाहामा खेती गर्छन् फूल राम्रो फूलेको छ । भने एक सिजन मा ७ लाख बराबर सम्मको करोबार हुन सक्छ । उनले उत्पादित फूल र माला टीकापुर, लम्की, अत्तरिया, धनगढी लगायत बर्दियाको राजापुर, बाँकेको कोहलपुर, नेपालगञ्जसम्म पुगाउँदै आएका छन् ।


प्रकाशित : २०७९ कार्तिक ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप