लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सोमालियामा कार बम विस्फोट हुँदा सय भन्दा बढिको मृत्यु

सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिकासमेत परेको भन्दै राष्ट्रपति मोहमदले यसको जिम्मेवारी इस्लामिक समूह अल सबाबले लिनुपर्ने बताएका छन् । हालसम्म यो घटनाको जिम्मा कसैले नलिएको रोयटर्सले जनाएको छ ।

पहिलो विस्फोट शिक्षा मन्त्रालय अगाडि रहेको मोगादिसुको व्यस्त सडकमा भएको थियो भने उक्त विस्फोटमा परेकाहरूको उद्धारका लागि मानिसहरू जम्मा भएपछि दोस्रो विस्फोट भएको थियो । विस्फोटको कारण भने अझैसम्म खुलेको छैन । यसअघि सन् २०१७ अक्टुबरमा सोमालियाकै इतिहासको सबैभन्दा ठूलो बम विस्फोट पनि यही स्थान नजिकै भएको थियो । उक्त विस्फोटमा परी ५ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

राष्ट्रपति मोहमदले विस्फोटबाट घाइते भएकाहरूको स्वास्थ्योपचार तुरुन्तै गर्नका लागि निर्देशन दिएका छन्  । साभार : कान्तिपुर


प्रकाशित : २०७९ कार्तिक १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप