लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलाली ३ बाट नागरिक उन्मुक्तिले खोल्यो खाता, प्रतिनिधि सभा सदस्यमा निर्वाचित

सत्ति / कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् ।

आफ्नो निकटतम प्रतिद्वन्द्वन्दी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । उनले २३ हजार १२० मत प्राप्त गरेका छन्, भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए ।

एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे । एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने, चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचित भएपछि उनले थारु समुदाय माथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासको लागि लड्ने प्रतिवद्धता जनाएका छन् ।

थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायको लागि चुनावमा होमिएका थियौ । टीकापुर राजबन्दी रिहाइको लागि हो । दोस्रो विकास र समृद्धि हो । हामीलाई राज्यले न्याय नगरेपनि आमजनताले न्याय गरेका छन् । आमजनताप्रति हामी आभारी छौ । अब सिंगो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोग सहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकार लाई दवाव दिनु प्रमुख एजेण्डा हो ।

यतिमात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौ ।’ उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिक सँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताए ।
उनले भने, ‘मेरो गाउँ नै प्रत्येक वर्षको बाढीले डुबानमा पर्छ । म आफै पीडित र भुक्तभोगी हुँ । वर्षातमा मेरो गाउँको गल्लीमा हिड्ने मान्छेहरु भन्छन्, जुन मान्छेको मगज बिग्रेको होला, उही मान्छेले यो गाउँमा आफ्नो बेटीको बिहे गर्ला । जुनकारण यो समस्या समाधानको लागि आवाज उठाउने छु ।’

यहाँका किसान, मुक्तकमैया, लोपोन्मुख जाति, समुदायलगायको उत्थानको लागि पनि काम गर्ने उनको भनाइ छ ।

को हुन् गंगाराम चौधरी ?

कैलालीको भजनी २ मोहनपुरमा बुवा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगा चौधरी राजनीतिमा भने, २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिदै आएका छन् ।

उसो त २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा भूमिका खेलेका थिए । २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेल्दै हाल उनी नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

२०७४ को निर्वाचन अभियान सम्झिदै गंगा चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टर मार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेशवादी दलले हाम्रो मुद्दालाई सत्ताको भ¥याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’निम्न परिवारमा जन्मिएका उनी पाठ्यक्रम विषयमा स्नाकोत्तरसम्मको शैक्षिक उपाधी हासिल गरेका छन्


प्रकाशित : २०७९ मंसिर ६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!