सत्ति / टिकापुर नगरपालिका–७ सत्ति स्थित प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गिता चाैधरिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए । प्रमुख अतिथि न्याैपानेले प्रगतिशील सहकारीले महिलालाई समुहमा आवद्ध गराइ स – सानाे पुँजी सङ्कलन गरी उनीहरूको जीवनस्तर सुधार गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए उनको । उनले सहकारीमा संचालक तथा शेयर सदस्य ९५ प्रतिशत रहेकोले महिला वर्गले गरेको कामलाई वडा बाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सहकारी संस्था दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यको समान जिम्मेवारी रहने बताए ।
साधारणसभामा आर्थिक वर्ष २०७८/२०७९ को १ करोड २५ लाख ७ सय ३० रुपैयाँ १४ पैसा बराबरको काराेबार गर्दै १ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । गरिबहरूको विकास गरिबहरूबाट नै गर्न सकिन्छ भन्ने उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको साे सहकारीले महिला तथा साना किसानलाई सङ्गठित गरी आय श्रोत र रोजगारीका अवसरमा वृद्धि गर्ने काम गरिरहेको छ ।
साधारणसभामा दिगो विकास समाज भजनिका अध्यक्ष रामबहादुर सुनार, सामुदायिक सहकारी सत्तिका व्यवस्थापक दिपक वैद्य ,भानु सामुदायिक पुस्तकालयका अध्यक्ष मनिराम ढुंगाना लगायतले मन्तव्य राखेका थिए । सहकारीमा ४ सय ८ जना शेयर रहेका छन जसमध्ये २२ जना पुरुष र अन्य महिला रहेका छन् । कार्यक्रमको संचालन आशा चाैधरिले गरेकि थिइन् ।