लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ब्राउन सुगर सहित सिमाबाट एक युवक समातिए

सत्ति / सिमावर्ति क्षेत्र नजिकै बाट लागू औषध सहित आज (” बुधबार ) एक युवा समातिएका छन् ।
पक्राउ पर्नेमा लम्किचुहा नगरपालिका वडा २ माेतिपुर बस्ने वर्ष २५ काे रेविस डाँगी रहेको जानकारी प्राप्त भएको छ । उनलाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको बताइएको छ ।

drug case prisoner with narcotic and syringe

टिकापुर नगरपालिका वडा नम्बर ८काे अर्नवाफाँटा बाट दिउँसो आज दिउँसो चार बजे सत्ति प्रहरी र कालाकुण्डा प्रहरीको संयुक्त गस्ती टाेलिले गाेप्य सुचनाकाे आधारमा पक्राउ गरेको जानकारी प्राप्त भएको छ । लागू औषध के कति परिमाणमा रहेको भन्ने बारेमा कालाकुण्डा प्रहरी र इलाका प्रहरीका एक जिम्मेवार व्यक्तिलाई जानकारी लिन खाेज्दा पक्राउ परेको व्यक्तिलाई प्रहरीले टिकापुर ल्याउँदै गरेकोले परिमाण थाहा नभएको बताए ।

सिमाक्षेत्र बाट ओसारपसार भैरहेको भएता पनि पछिल्लो केही समय यता प्रहरीले पक्राउ गरेको थिएन । लामो समयको अन्तरालमा प्रहरीले लागू औषध प्रयाेगकर्ता र ओसारपसारमा संलग्न लाई पक्राउ गरेको हो । प्रहरी चाैकि सत्ति र प्रहरी चाैकि कालाकुण्डामा दुई हप्ता अघि मात्र नयाँ इन्चार्ज आएका छन् ।

तस्करी नियन्त्रण संगै लागू औषध नियन्त्रण सिमा क्षेत्रकाे प्रमुख समस्या भएकोले नयाँ चाैकि प्रमुखले गर्ने कामको शैली भने हेर्न बाँकी रहेको स्थानीयकाे भनाइ छ ।


प्रकाशित : २०७९ पुष १३ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप