लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

साउदीमा रोनाल्डोलाई भव्य स्वागत

विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियन क्लब अल नासरले मंगलबार औपचारिक रूपमा प्रशंसकसामु प्रस्तुत गरेको छ । रियादस्थित अल नासरको घरेलु रंगशाला ‘मरसूल पार्क स्टेडियम’ मा रोनाल्डोलाई भव्य स्वागत गरिएको थियो ।

३७ वर्षीय पोर्चुगिज स्टार मैदान प्रवेश गर्दैगर्दा रंगशालामा आतिसबाजीसमेत गरिएको थियो । उनको स्वागतमा करिब २५ हजार दर्शक उपस्थित थिए ।५ पटकका बलोन डी’ओर विजेता र ५ पटक नै च्याम्पियन्स लिग जितेका रोनाल्डो कीर्तिमानी रकममा अल नासर क्लबमा सन् २०२५ सम्मका लागि अनुबन्ध भएका हुन् । नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो । म्यानचेस्टर युनाइटेडसँग अलग हुने निर्णयपछि ९ पल्टको साउदी लिग च्याम्पियन टोलीसँग रोनाल्डो अनुबन्धित भएका हुन् ।

साउदी क्लबमा आफ्नो अनुबन्धबारे रोनाल्डो भन्छन्, ‘साउदी अरब आउनु भनेको मेरो करियरको अन्त्य हुनु होइन । मान्छेहरूले के भन्छन् भन्ने कुरामा म चिन्तै लिन्नँ ।’ युरोपमा आफूले उत्कृष्ट फुटबल खेलेको उल्लेख गर्दै उनले भने, ‘युरोपमा मैले खेल्नुपर्ने जति खेलेँ । मलाई युरोप, ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलबाट पनि धेरै प्रस्ताव आएका थिए । धेरै क्लबले मलाई अनुबन्ध गर्न खोजेका थिए तर मैले यस क्लब(अल नासर) सँग वाचा गरेको थिएँ ।’

रंगशालामा रोनाल्डोको प्रेमिका जोर्जिना रोड्रिगेज र छोराछोरीसमेत उपस्थित थिए । अल नासरका मुख्य प्रशिक्षक रुडी ग्रासियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरेबेयिन लिगका लागि ठूलो कदम भएको बताएका छन् । (साभार – कान्तिपुर )


प्रकाशित : २०७९ पुष २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!