सत्ति / नारायणपुर जेसिजकाे अध्यक्षमा किरण कडायत चयन भएका छन् ।
शनिबार सम्पन्न भएको अधिवेशनले कडायतलाइ वर्ष २०२३ का लागि अध्यक्षमा निर्विरोधरुपमा चयन गरेको हो ।
यसैगरी कार्यकारी उपाध्यक्षका विजे धामी र कृत ठकुल्ला चयन भएका छन् भने उपाध्यक्ष सर्पराज साउँद,दिपक सुनार ,नरेन्द्र धामी, खगेन्द्र उपाध्याय रहेका छन ।
यसैगरी महासचिव जिट्राम चाैधरि र कानुनी सल्लाहकारमा कपिल कडायत, काेषाध्यक्षमा संगित शाही चयन भएको जनाइएको छ । नवनिर्वाचित अध्यक्ष कडायत विभिन्न व्यवसायमा संलग्न रहेका छन् भने नारायणपुर जेसिजका संस्थापक अध्यक्ष स्व. रतनसिंह कडायतका सुपुत्र हुन ।
प्रकाशित : २०७९ पुष ३० शनिबार प्रकाशित