लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लागुऔषध सहित ६ जना पक्राउ

drug case prisoner with narcotic and syringe

सत्ति / कैलालीमा लागुऔषधसहित थप ६ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट संलग्नलाई प्रहरीले पक्राउ पारेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १३ का २३ वर्षीय सन्तोष राना, धनगढी उपमहानगरपालिका वडा नं. १० का ५० वर्षीय रामनारायण राना, डोटीको आदर्श गाउँपालिका वडा नं. २ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नं. २ रामजानकी टोलमा डेरा गरी बस्दै आएकी १९ वर्षीया आयुसा उपाध्याय, मिलन चोककी १५ वर्षीया करिस्मा छेदाल, टिकापुर ८ बटनपुरका २५ वर्षीय आकाश चौधरी, टिकापुर ७ दिव्यपुरकी २९ वर्षीया सिवास्नी चौधरी सहित ६ जना पक्राउ परेका छन् ।
लागुऔषध सहित जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नं. १३ का सन्तोष रानाबाट १ ग्राम ४३० मिलिग्राम, उपमहानगरपालिका वडा नं. ९ बङग्राकटान स्थित धनगढी वडा नं. १० का रामनारायण रानाबाट ४५० मिलिग्राम आयुसा उपाध्याय र करिस्मा छेदालबाट ६९० मिलिग्राम (पलाष्टिक सहित) लागुऔषध प्रहरीले फेला पारेको थियो । त्यस्तै आकाश चौधरीले चलाएको से.५प. २०८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटर साइकल पछाडी सवार सिवास्नी चौधरीको साथबाट ३० दशमलव ५७ ग्राम लागुऔषध जस्तो देखिने धुलो पदार्थ फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ माघ २२ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप