लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता समापन

सत्ति / गत माघ १६ गतेदेखि संचालन भएको टिकापुर नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज ( साेमबार ) समापन भएको छ ।
समापन कार्यक्रमकाे अध्यक्षता राष्ट्रिय मावि बेलुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर मगर रहेका थिए भने प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाह रहेका थिए ।

उप प्रमुख शाहले खेलकुदले टिम वर्क ,अनुशासन र शारीरिक विकास गर्ने उल्लेख गर्दै , किताबको ज्ञान संगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापले व्यक्तिको व्यक्तित्वकाे विकास गर्ने बताए ।
प्रतियोगितामा १००,२००, ४००,१५०० र ३००० हजार मिटर दाैड, हाइजम्प,लङजम्प, सियो धागो ,गणित ,चकलेट र म्युजिकल चेयर दाैड ,भलिबल र रिले खेल समावेश रहेका थिए ।
प्रतियोगितामा प्रावि तर्फ जेसिज पब्लिक स्कुल सत्तिले २० अंक ल्याएर प्रथम भएको थियो भने निमावि तर्फ जनजागृति मावि सितापुर १३ अंक ल्याएर प्रथम भएको थियो यसैगरी मावि तर्फ खड्ग मेमोरियल स्कुल टिकापुर ४० अंक ल्याएर प्रथम भएको थियो ।

यसैगरी हाेल खेलमा ६४ अंक सहित खड्ग मेमाेरियल स्कुल प्रथम , त्रिभुवन मावि बटनपुर ५७ अंक सहित दाेस्राे र कर्णाली मावि स्ति ४७ अंक सहित तेस्रो भएको जानकारी प्राप्त भएको छ ।
यसैगरी मावि तर्फ विरेन्द्र विद्या मन्दिरका सुस्मिता सुनार र जनजागृति मावि सितापुरका विवेक चाैधरि उत्कृष्ट खेलाडी बाट सम्मानित भएका थिए । यसैगरी निमाविमा विरेन्द्र विद्या मन्दिरका उमेश परियार र कर्णाली मावि सत्तिकि कृष्टि चाैधरि उत्कृष्ट खेलाडी बाट सम्मानित भएका थिए भने प्रावि तर्फ जेसिज पब्लिक स्कुलका आश्था ठकुल्ला र कर्णाली मावि सत्तिका समीर चाैधरि उत्कृष्ट खेलाडी घाेषणा गरिएका थिए ।

टिकापुर नगरपालिकाका ३७ सामुदायिक र ४६ संस्थागत विद्यालयकाे सहभागिता रहेको प्रतियोगिताकाे
राष्ट्रिय मावि बेलुवाकाे आयोजनामा भएको साे खेलकुदमा सहयोगीका रुपमा टिकापुर नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा रहेको थियो । साे खेलकुद समापनमा राष्ट्रिय मावि बेलुवाका पुर्व प्रधानाध्यापक चक्रपाणि भट्टराईलाई सम्मान गरिएको थियो ।


प्रकाशित : २०७९ माघ २३ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!