लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै ,नागरिक उन्मुक्तिका सांसद भने काठमाडौं मै ।

सत्ति / सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । माघ २७ अघि नै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप रावलले विश्वासको मत लिन लागेका हुन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति ले भने मत नदिने सङ्केत गरेको छ । सत्ता संचालनमा नागरिक उन्मुक्तिकाे साथ नभइ नहुने अवस्थामा नागरिक उन्मुक्तिका सबै सांसदहरु भने आज( अहिलेसम्म )काठमाडौं मै रहेका छन् । उनीहरुले आफ्नो माग र मुद्धा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् ।
नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने छैनन् ।
‘हाम्रो लागि माग मुद्धा पहिलो हो मुद्धा सम्बोधन नभए सम्म विश्वासको मत लिने कुरा छैन ’नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले भने ‘अहिले हामी काठमाडौँ । कैलाली आउने वा नआउने भन्ने पनि टुङ्गो छैन ।’
सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिका ७ सांसद बैठकमै उपस्थित हुने विषय नै अनिर्णीत हुँदा मुख्यमन्त्री सङ्कटमा पर्ने सङ्केत देखिएको छ ।

यता एमालेका सांसद भने सरकारले विश्वासको मत पाउनेमा विश्वस्त छन् । संघीय सरकार नागरिक उन्मुक्तिको माग सम्बोधन गर्न सकारात्मक रहेको र प्रक्रिया अघि बढिसकेको हुँदा विश्वासको मत प्रदेश सरकारले पाउने एमाले को दाबी छ ।‘सरकार उहाँहरूको मुद्धामा गम्भीर रहेको र प्रक्रियामा गइसकेको कुरा उहाँहरूलाई पनि थाहा छ’ एमाले प्रदेश सचिव समेत रहेका प्रदेश सांसद धर्मराज पाठकले भने, ‘सरकारले विश्वासको मत पाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’


प्रकाशित : २०७९ माघ २५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!