सत्ति / सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशनको सातौ बैठक स्थगित भएको छ । बैठक भोलीसम्मका लागि विशेष कारणवश स्थगित भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो तर कारणवश बैठक स्थगित भएको हो ।
आज दिउँसो १ बजे सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना जारी गरेर जानकारी गराएको हो ।
प्रदेशसभामा सरकार गठनका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद सङ्कटमा परेको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टीले उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताइरहेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पुर्याउन नसकी राजीनामा गर्नुपर्ने हुन्छ ।