लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिमको मुख्यमन्त्री पद कांग्रेसको पोल्टामा जाने संकेत, नाउपाका सांसद काठमाडौंमै

सत्ति / सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब काङ्ग्रेसको पोल्टामा जाने संकेत देखिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पनि विश्वासको मत पाउन मुस्किल देखिएपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकारको नेतृत्व पाउने देखिएको हो ।
विश्वासको मतको प्रयोजनका लागि आज (विहीबार) दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का सांसद उपस्थित नभएपछि पुनः ४ बजेका सारिएको छ । नाउपाले विश्वासको मत नदिने निर्णय गरेको सांसद पनि काठमाडौंमै रहेकाले मुख्यमन्त्री रावलले अर्को बैठकबाट पनि विश्वासको मत नपाउने देखिएको छ । पार्टीका नेता रेशम चौधरी को रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा हो।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ। सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्छ। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका ७ र राप्रपाका एक गरी सत्ता पक्षमा २९ सदस्य छन्।
नाउपाले मत नदिने भएपछि अब सत्ता पक्षमा त्यो संख्या २१ मा झरेको छ । जसले गर्दा प्रदेश सरकार अल्पमतमा पर्दैछ।प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ७ र १ जना स्वतन्त्र सांसद छन्।


प्रकाशित : २०७९ माघ २६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!