सुखड, बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखाले प्रजातन्त्र दिवसको अवसर पारि घोडाघोडी नगरपालिका १ सुखडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन ।
बास नेपाल घोडाघोडी उपशाखा अध्यक्ष ईन्द्रा केसीको सभापत्विमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलीया कुमारी चौधरीले रक्तदान गर्नु राम्रो रहेको बताईन । उनले भनिन,हाम्रो शरिरमा खेर जाने रगत हो, हामिले गरेको रक्तदानले कसैको ज्यान बचाउछ भने किन रक्तदाना नगर्ने ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटि घोडघोडी उपशाखाका सभापति राम प्रसाद गौतमले बास नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको प्रति धन्यवाद ज्ञापन गरे । उनले रक्तदानले गर्दा कसैलाई असर नगरि रक्तदानले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने बताए । ३ ,३ महिनामा त्यसैपनि रक्तदान नगरेपनि खेर जाने गर्दछ उनले भने, खेर जाने रगत कसैलाई दिदा कसैको ज्यन बच्दछ । कार्यक्रममा बोल्दै बास नेपाल कैलाली शाखाका अध्यक्ष चिरञ्जीवी छेडालले बास नेपालले यस्ता सामाजिक कार्य गर्दै आईरहेको बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिका ,वडा न १ का अध्यक्ष घनश्याम ओझा,ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख बिरेन्द्रबिर बिश्वकर्मा, रेडक्रस कैलालीका सदस्य दिनेश लामिछाने, धनौरा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मि प्रसाद जोशि, लगायतको सहभागिता रहेको थियो ।
पुष्पा शाहिले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको सञ्चालन घोडाघोडी उपशाखाका सचिब खगेन्द्र अवस्थिले गरेका थिए ।