सत्ति /कालिका इंगलिश बोर्डिग स्कुल टीकापुर ६ नारायणपुरको २९ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि रहेका टीकापुर ६ का वडाध्यक्ष बलिराम चौधरीले गरेका थिए । अध्यक्ष चौधरीले संस्थागत स्कुलको सिकाई सामुदायिक विद्यालयले पनि लागु गर्नुपर्ने बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि नारायणपुर गाविसका पूर्व अध्यक्ष फकिर सिंह कडायतले प्रजातन्त्रको आगमन भएसँगै ०४७ सालबाट निजीस्तरमा विद्यालय खुल्न थालेकाे बताए । उनले २९ वर्ष टे्केको साे विद्यालय स्थापना ३२ ३३ वर्ष भएपनि वैधानिकरुपले स्थापित भएको २९ वर्ष पुगेको बताए ।
उनले अभिभावकहरुले आफूले खाई नखाई ।
उनले पढाईमा मात्र नभई नगर स्तरीय अतिरिक्त क्रियाकपालमा पनि विद्यालय अघि रहेको बताए ।
बाेर्डर लाइन पब्लिक स्कुलका अध्यक्ष भिम विकले विशाल शहरका विद्यालयभन्दा स्थानीय ग्रामीण क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरु अब्बल र अनुशासित रहेको बताए । कार्यक्रममा दानबहादुर मगर, कपुरसिंह कडायत, सुरत कुँवर, देवबहादुर बुढाथोकी, टोपबहादुर केसी, देव रावल, सुमन ओड लगायतले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृप कडायतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रिन्सिपल परमभक्त जोशी र सञ्चालन दीलिप कर्माकारले गरेका थिए । कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष कडायतले आगामी दिनमा विद्यालयमा थप एक वसको माग भएकोले त्यो पुरा गर्न पहल थालिने बताए ।
उनले दुई कोठे भवन थप्ने योजना कोविड १९ का कारण अलपत्र परेपनि अब त्यो आगामी शैक्षिसत्र मा पुरा गरिने बताए । यस्तै मण्टेश्वरी कक्षाको लागि पनि माग भइ आएकोले त्यसको व्यवस्थापन समेत गरिने बताए ।
सो अवसरमा यसै महिनामा जारी भएको टीकापुर मेयर तथा उपमेयर कपमा प्रतिस्पर्धा गरी प्रथम, द्वितीय र तृतिय भई पुरस्कार जित्न सफल विद्यार्थी लाई विद्यालयका तर्फबाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीद्वारा विविध नृत्य प्रस्तुत गरिएका थिए ।
यस्तै विद्यालयलाई सहयोग गरेवापत सत्कार बुक्स टीकापुरका प्राेपाेराइटर वीरेन्द्र रावल, उज्यालो बहुउद्देश्शीय सहकारी संस्था सत्तिका व्यवस्थापक रामकृष्ण चौधरी र लक्ष्मीनारायण बहुउद्देशीय सहकारी संस्थालाई सम्मान गरिएको थियो ।