सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ काे जनता राष्ट्रिय माध्यमीक विद्यालय सुनाहाफाँटाको अभिभावक भेला सम्पन्न भएको छ ।
साेमबार भएको भेलाको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष पदम केसीले गरेका थिए भने प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु र विशिष्ट अतिथि टिकापुर नगरपालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थि र टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक किरण धितालकाे स्वागत मन्तव्य संगै सुरु भएको साे कार्यक्रममा रेडक्रस नारायणपुरका सभापति टाेप बहादुर केसी , निरञ्जन ग्रामीण विधुत सहकारीका अध्यक्ष नन्द बाेहरा , शिक्षा अधिकृत नरेश अवस्थि , वडा अध्यक्ष यज्ञप्रसाद न्याैपानेले मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख रामलाल डगाैराले शिक्षा क्षेत्र सुधार्न स्थानीय तहले मात्रै चाहेर नहुने भएकोले सबै अभिभावक ,शिक्षक , नागरिक अगुवा र दलका अगुवा सबै लाग्नुपर्ने बताएका थिए । टिकापुर नगरपालिकाले भाैतिक संरचनामा लगानी गरेको बताउँदै अब गुणस्तरीय शिक्षाको लागि सबैले पहल गर्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत पनि गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघको अध्यक्षमा केसु विक निर्विरोधरुपमा चयन भएकि छन् भने सदस्यहरुमा दावि परेको छैन ।
यसैगरी विद्यालय व्यवस्थापन समितिको पुरुष २ जना सदस्यहरुमा पुर्ण बहादुर खड्का ,पदम केसी र सुन्दर चाैधरि गरि ३ जनाले दावि गरेका छन् ।
अन्य २ जना महिला सदस्य चयन हुनुपर्नेमा मन्जु श्रीपाईलि,खिमा ढुंगाना ,बालिका जाेशि ,दिलमाया थापा ,धना गरञ्जा र पतिरानि देवी चाैधरि गरि ६ जनाले दावी गरेका छन् ।