लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्तिमा भएको महायज्ञ बाट ४२ लाख संकलन

सत्ति– टिकापुर नगरपालिका वडा नम्बर ७को सत्तिमा रहेको पुरातात्त्विक महत्त्व बाेकेकाे पद्म प्रकाशेश्वर मन्दिरको आयोजनामा महायज्ञ सम्पन्न भएको छ ।
यहि चैत ८ गतेदेखि १५ गतेसम्म श्रीमत भागवत भक्ति संगत अनुष्ठान २०७९ भएको महायज्ञबाट करिब ४२ लाख रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थ ले जानकारी दिए ।
परापुर्वकालमा भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा ११ वर्ष पछि पुनः महायज्ञ गरिएको थियाे । जिव जिवात्मा र राष्ट्र शान्ति ,पितृ माेक्ष र कैलाश मार्गको पहिलो द्वारका रुपमा रहेको पद्म प्रकाशेश्वर मन्दिर लाई शिवशक्ति धामकाे रुपमा विकास गर्न लागि महायज्ञ आयोजना भएको बताइएको थियो । प्रमुख कथा व्यास आचार्य सुश्री अनुराधा जि रहनु भएको थियो ।
मन्दिरका अध्यक्ष विदुरलाल कायस्थको अध्यक्षतामा समापन भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल चाैधरि रहेका थिए । कार्यक्रमकाे संचालन मन्दिर व्यवस्थापन समितिका सचिव गरेका थिए  ।


प्रकाशित : २०७९ चैत्र १९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!