लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

राेमानियामा आपत विपद सहयोगी हात गठन

सत्ति / नेपालीहरु अहिले काम र अध्ययनकाे सिलसिलामा संसारभरि फैलिएका छन् ।
अहिले युरोपेली राष्ट्र राेमानिया नेपाली युवाको राेजाई बनेको छ ।
त्यहाँ कामको सिलसिलामा बसेका नेपालीलाई दुख पर्दा सहज होस् भनेर आपद विपद सहयोगी हातहरु नामक समिति गठन भएको छ ।
मानविय तथा विविध कानुनी समस्या परेको समयमा सहज हाेस् भनेर साे समिति गठन गरिएको हो ।
जस्काे अध्यक्षमा सुरेन्द्र भण्डारी ,उपाध्यक्ष कमल पुरी,सचिव शिव राई ,सह सचिव गणेश खत्री ,काेषाध्यक्षमा वसन्ति श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा राेजन भण्डारी ,महादेव घाेडासैनि ,जगत बास्तोला,नेत्र भट्टराई रहेका छन् भने सल्लाहकार समितिको संयोजकमा लक्षिराम सिजापति र सदस्यमा कमल देवकोटा र सुनित गाैडेल रहेका छन् ।
आगामी दिनमा सहयोगी भावना भएका नेपाली हरुलाई थप्दै जाने बताइएको छ ।
हाल मासिक रुपमा दस रुपैयाँ संकलन गरेर काेष खडा गरेको गरिएको समितिका सह सचिव गणेश खत्रीले जानकारी दिए ।एक अर्का बिच समस्या परेको अवस्थामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
समितिले आकस्मिक रुपमा दुर्घटनामा परेका या जीवन गुमाएका परिवारलाई पनि सहयोग गरिने परेकालाई सहयोग गरिने उदेश्यले समाज गठन गरिएको खत्रीले बताए ।


प्रकाशित : २०८० बैशाख १ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप