खक्रौला / नेपाल प्रहरीले सिमा नाकाबाट शनिबार सामान समातेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी कालाकुण्डाका वरिष्ठ हवल्दार गोपी ओखेडाको कमाण्ड मा खटीएको टोलीले टीकापुर ८ बटनपुर क्षेत्र बाट बिहान ७ बजे चार साइकल सहित विना भन्सार का सामान पक्राउ गरेको प्रहरीले बताएको हो ।
प्रहरीका अनुसार समातिएको सामान ४० हजार बराबरको रहेको बताइएको छ । समातिएका सामानमा पानी पुरी बनाउने ,नरीवलका धुलो , डुप्लिकेट पेय पदार्थ (कोकाकोला,पेप्सी,स्प्राइट) मिठाई रहेको जानकारी प्राप्त भएको छ ।
यसरी नै विओपी खक्रौला ले पनि शनिबार नै भन्सार विनाको सामान मोहना पारीेको जंगलमा लुकाई राखेको अवस्था हार्डवयर समातिएको विओपी खक्रौलाका प्रमुख डिइसपी जंग बहादुर कुँवरले बताए । सो सामान करीब २५ हजार बराबरको रहेको जानकारी प्राप्त भएको छ ।