बैदी/ टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी स्थित जनता रामावि बैदीमा विपद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला स्थित वीओपी खक्रौला र वडा नं ७ कालाकुण्डा स्थित विओपी कालाकुण्डाको प्राविधिक सहयोग मा सो अन्तरक्रिया कार्यक्रम भएको हो ।
विपदका हुने कारणहरु ,विपदका प्रकार र विपद बाट बच्ने उपाय हरु र प्राथमिक उपचारका बारेमा व्यवहारीक तथा प्रयोगात्मक कक्षा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरु विद्यालयको जुनियर रेडक्रस सर्कलका पदाधिकारी गरी ८० जना माझ छलफल गरीएको थियो । छलफलको सहजीकरण विओपी खक्रौलाका प्रमुख डिइसपी जंग बहादुर कुँवर र विओपी कालाकुण्डाका प्रमुख सई खगेन्द्र वि.क.ले सहजीकरण गरेको विद्यालयले जानकारी दिएको छ ।