भिम वि.क.अत्तरिया / कैलालीको अत्तरियामा रहेको अन्तर प्रदेश सवारी परीक्षण कार्यालयले स्थापनाको दस महिनामै ६१ लाख राजस्वको संकलन गरेको छ ।
२०७९ भदौमा कैलालीको अत्तियामा स्थापना भएको कार्यालयले ९ सय ७६ सवारी जाँचपाु र ५ सय ४७ सवारीसाधन बाट बाटो इजाजतपत्र (रुटपरमिट) प्रदान गरि ६१ लाख ९ हजार ६ सय६७ रुपैयाँ राजस्व संकलन गरेको हो ।
दुई वा नेपाल भर संचालन हुने सार्वजनिक सवारी साधनहरुको लागि सेवा प्रवाह गर्न संघिय सरकार मातहतको साे कार्यालयकाे कैलालीको अत्तरियामा स्थापना गरिएको हो ।
सुदुर पश्चिम प्रदेशकाे अत्तरियामा कार्यालय स्थापना भएपछि अन्तर प्रदेश स्तरीय कामका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता हटेको सवारीसाधन धनिहरुकाे भनाइ छ। ‘यस कार्यालयबाट बिषेश गरि प्रदेश बाहिर जाँने र बाहिरी प्रदेशबाट आउने सार्वजनिक सवारी साधनहरुले सेवा पाउने कार्यालयका एक अधिकारीले बताए ’ उनले भने ‘कार्यालय बाट यात्रुवाहक र मालवाहक सवारी साधनको जाँचपास, बाटो इजाजतपत्र प्रदान, स्तर कायम, प्रदुषण परिक्षण, रात्रीसेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म संञ्चालनको स्वीकृति दिने कार्य दिन्छ ।’
अन्तर प्रदेशमा संचालन हुने सार्वजनिक सवारी साधनले ६/६ महिनामा जाँच पास र ४/४ महिनामा रुट परिवर्तन गर्नुपर्ने प्रावधान गरेको छ । सरकारले ७ वटै प्रदेशमा सवारी परीक्षण कार्यालय राख्ने नीति अनुरुप सुदूरपश्चिमको कार्यालय अत्तरियामा राखेपछि सवारी धनिलाइ सहज हुने बताए ।
कार्यालय बाट प्रवाह हुने सेवा र शुल्क :
अत्तरियामा स्थापना भएको सवारी परीक्षण कार्यालयबाट नयाँ जाँचपास तथा नविकरणको काम हुन्छ । जसका लागि ठूलो सवारी साधनको लागि ३ सय र मझौला सवारी साधनका लागि २ सय दस्तुर तोकिएको छ । कार्यालयबाट सवारी साधनको प्रदुषण परीक्षण पनी गरिने गरिएको छ । जसका लागि आवश्यक कागजात पुगाएर निवेदन दिनु पर्छ । उक्त कार्यका लागि ३५ रुपैयाँ शुल्क रहेको छ । कार्यालयबाट बाटो इजातपत्र जारी गर्ने, बाटो इजाजत नविकरण गर्ने र बाटो इजाजत परिवर्तनको काम हुने गरेको छ । जसका लागि सवारी धनीले निवेदन पेश गरेमा नियमानुसार शुल्क लिईने कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयबाट यात्रुवाहक सार्वजनिक सवारी साधनको स्तर निर्धारण र संचालनको स्वीकृति र नेपालमा जडान (एसेम्बल) हुने सवारी साधनको सडकमा चल्ने क्षमताको जाँच हुने छ । जसका लागि सवारी साधन धनीले निवेदन दिए निःशुल्क सेवा दिईने कार्यालयका लेखा प्रमुख अक्कल रावलले जानकारी दिए ।
गोदावरी नगरपालिका – ४ अत्तरिया चोक नजिकै यो कार्यालयमा १४ जनाको दरबन्दी रहेता पनि दरबन्दी अनुसारका कार्मचारीको अभाव रहेको छ ।