लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

के हो जीवनको ६ सुख ?

एजेन्सी / महाभारतको कथामा पढिने महत्वपूर्ण पात्र हुन्, विदुर । उनी हस्तिनापुर राज्यको शीर्ष स्तम्भ मानिन्छ । अत्यान्तै नीतिपूर्ण र न्यायोचित सल्लाह दिने व्यक्तिको रुपमा विदुरलाई चित्रित गरिएको छ । कौरव–पाण्डवको युद्धलाई रोक्न उनले अनेक यत्न गरेका थिए । उनी जे सल्लाह दिन्थे, त्यसमा सम्पूर्ण मानव जातिको भलाईको रहस्य लुकेको हुन्थ्यो । उनको त्यही सल्लाहलाई ‘विदुर नीति’को रुपमा बुझिन्छ ।
-यी ६ सुख हुन्, निरोगी हुनु, ऋणी नहुनु, घरपरिवारमै रहनु, राम्रो साथीको संगत हुनु, आफ्नो बुद्धिविवेकले जीविका चलाउनु र निडर हुनु ।
– यी ८ ले ख्याती बढाउँछ, बुद्धि, कुलीनता, इन्द्रियनिग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।
-यी दुई कर्म गर्ने मान्छेलाई सधै सम्मान मिल्छ, एक कहिल्यै कठोर नबोल्ने र नराम्रो मान्छेलाई आदर नगर्ने ।
-यी दुई कुराले मान्छेलाई दुख दिन्छ, गरिब भएर पनि महंगो बस्तुको अपेक्षा गर्ने र कमजोर भएर पनि क्रोध बोक्ने ।
-यी दुई प्रकारका व्यक्तिले स्वर्गभन्दा माथि स्थान पाउँछन्, शक्तिशाली भएर पनि क्षमा दिने र गरिब भएर पनि दान दिने ।
– बुद्धिमान मानिसहरु दुर्लभ बस्तुको अपेक्षा गर्दैनन् । हराएको बस्तुमा शोक गर्दैनन् । तथा विपत्तिको घडीमा हडबडाउँदैनन् ।
-जो निर्भिक भएर कुरा गर्छ, जो राम्रो विषयमा कुरा गर्न सक्छ, तर्क वितर्कमा कुशल छ, प्रतिभाशाली र शास्त्रमा लेखिएको कुरा चाडै सम्झने क्षमता राख्छन्, उनीहरु बुद्धिमान हुन् ।
– बिना ज्ञान घमन्डले चुर हुने, दरिद्र भएर पनि ठूला–ठूला सुख चाहने, परिश्रम विना धनवान बन्न इच्छा राख्ने व्यक्ति मूर्ख हुन् ।
– तन्द्रा, निन्द्रा, भय, क्रोध, आलस्य र प्रमाद । यी छ दोष त्याग्न सक्नेले मात्र आफ्नो र जगतको कल्याण वा उन्नती गर्न सक्छ ।
-कसैले क्षमा गर्छ भने त्यसलाई कमजोरी ठान्नु हुँदैन । निश्चय नै क्षमामा बल हुन्छ । क्षमा निर्बल मानिसको गुण हो र बलवानको आभूषण हो ।
-काम (यौनवासना), क्रोध र लोभ यी तीन दोष नर्कको मार्ग हो । यी तीन कुराले आत्मालाई नष्ट गर्छ । त्यसैले यसबाट टाढा रहनुपर्छ ।
-इर्ष्यालु , अरुलाई घृणा गर्ने, असन्तुष्ट, क्रोधी, शंकालु र अरुप्रति आश्रित व्यक्ति सधै दुखी हुन्छ ।
-साथीसँगको मेलमिलाप, धन आर्जन, पुत्रको आलिंगन, मैथुनमा प्रवृत्ति, सहि समयमा प्रिय बचन बोल्नु, आफ्नो वर्गमा उन्नुती गर्नु, समाजबाट सम्मान सुखी जीवनको सूत्र हुन् ।
– यी व्यक्ति धर्म जान्दैनन्, नसामा लट्ठीएका, असावधान, पागल, थाकेका, भोको, धपेडीमा रहेका, लोभी, त्रसित व्यक्ति ।


प्रकाशित : २०८० असार २१ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!