लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

के हो चायाँ–पोतो ?

पोतो भनेको ‘पगलमेन्टेसन डिसअडर’ हो । यो भनेको अनुहारमा कालो–खैरो दागहरू आउनु हो । यो विभिन्न कारणले हुन्छ । घामले यसलाई अझ बढी बढाउँछ । चायाँ–पोतो वंशानुगत औषधिहरू र पाठेघरमा ट्युमरका कारणले पनि देखा पर्छ ।

त्यस्तै, महिनावारी सुकेपछि पनि यो देखा पर्छ । धेरैजसो २५ देखि ४५ वर्ष उमेरमा पहिलो पटक यो देखिन्छ । यो देखिएपछि छालाको सतहमा कालो बस्छ । महिलाहरूलाई हुने विशेष कारण ‘एस्ट्रोजिन’ भन्ने हर्मोन हो । ‘प्रेग्नेन्सी पिरियड’ मा देखिने कालो दागलाई ‘कोस्मा’ भनिन्छ । विशेषगरी लकडाउनको समयमा कम्प्युटर, ल्यापटप र फोनको उपयोग धेरै भएकाले ‘ब्लुलाइट’को कारणले पुरुषमा पनि चायाँ–पोतो देखिएको छ ।

शरीरको उच्च भागमा जस्तै गालाको दुवैतिर निधार र नाकको छेउमा चायाँ–पोतो देखिन्छ । यो छालाको माथिल्लो र तल्लो सतहमा हुन्छ । ‘डर्मोकपी’नामक उपकरणबाट अवलोकन गरी यसको उपचार गर्न सकिन्छ ।

उपचार कसरी ?

अवस्था हेरेर यसको उपचार गरिन्छ । क्रिमबाट पनि चायाँ–पोतोको उपचार गर्न सकिन्छ । त्यस्तै, खाने औषधिहरूको सेवनबाट पनि यसको उपचार गरिन्छ । यसबाहेक ‘केमिकल पिल’,‘लेजर सर्जरी’, ‘माइक्रोडर्मानसन’ पद्धतिबाट समेत चायाँ–पोतोको उपचार हुन्छ । तर, बजारमा पाइने क्रिमहरूले छिटै चायाँ–पोतो जान्छ भनेर भ्रामक विज्ञापनहरू पनि आउने गरेकै छन् । सामाजिक सञ्जालमा पनि यसको चर्चा–परिचर्चा हुने गरेको पाइन्छ ।‘स्क्रब’ गरेर चायाँ–पोतो जाँदैन । बजारमा पाइने क्रिम जुन चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना पाइन्छ, त्यसमा ‘स्टेरोइड’ भन्ने रसायन मिसाइएको हुन्छ । यसको प्रयोग गर्दा दुई सातामा चायाँ–पोतो गएजस्तो भएपनि त्यसले छालालाई पातलो बनाउँदै रौं आउने जस्तो समस्या देखा पर्न सक्छ ।

उपचार गर्दा विशेषगरी ‘स्क्रिन’ को ‘ब्लुलाइट ¥याडिसन’ मा ध्यान दिनुपर्छ । उपयुक्त मात्रामा आफ्नो ‘स्किन टाइप’ हेर्नुपर्छ । घाममा हिँड्दा ‘सनक्रिम’ लगाउनुपर्छ । मुख छोपिनेटोपी, छाता ओढेर तथा चस्मा घरबाहिर निस्कनुपर्छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु जरुरी हुन्छ । ‘मेलालिन पिगमेन्ट’ घामका कारण सक्रिय हुने भएकाले जोगिनुपर्छ ।

(डा.भट्टराई, छाला रोग विशेषज्ञ हुन्)


प्रकाशित : २०८० श्रावण १६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!